म मौसमी श्रेष्ठ चितवन जिल्लाको भरतपुरमा मेरो जन्म भएको हो चितवन वरिपरिको वातावरणमा रमाउदै मेरो बाल्यकाल र अलि कति बयस्क उमेरको समय पनि त्येही भरतपुर वरिपरिका ठाउँ मा बिताए इच्छा र आकङक्ष्ा बढदै जादा राम्रो अबसरको खोजिमा बादलपारीको देशमा सुनौलो भबिस्य खोज्दै 1996 मा म अमेरिका आइपुगे र आजको मिति सम्म अमेरिका बस्दै आएको छु ।
अमेरिका बस्ने शिलशिलामा नेपाल आउने जाने भैरहेको थियो त्यो क्रम 2072 बैशाख मा पनि दोहोरियो म इस्टमित्र र घर परिवार सङ छुट्टी मनाउन नेपाल गएको थिए तर बैशाख 12 गतेको भुकम्पले छुट्टीमा रमाउने र Enjoyed गर्नु भन्दा अन्यासै शोक मनाउन पुगेछु ।
बैशाख 12 को भुकम्पमा परि हजारौ मानिसले अकालमा मृत्यु अङाल्नु पर्यो र धेरैको घरबार र आफन्ता छिन्नभिन्न बनायो त्यो दृश्य देखदा मेरो छुट्टिको अबधिमा आँखा हरु कहिले अभाउन सकेन र मन मा शान्ती पनि मिलेन त्यो बेला सम्म म एउटा् सामान्य मानव थिए तर त्यो भुकम्पले म भित्र मानबताको आभास दिलायो र ती पिडित मान्छे हरु प्रती मेरो आफ्नो मस्तिष्कले मन लाई आदेश दिदै दाइत्वोबोध गराउन बाध्य भयो ।
र जसोतसो मेरो छुट्टी सकाएर अमेरिका उडनको लागि बिदाई हुन सपरिवार बिमानस्थल गए र मेरा परिवार बिदाई गरि आफ्नो घर तिर फर्कनु भयो र म मनभित्र एक किसिमको पीडा बोकेर बोर्डिङ र अध्यागमन पास लिदै विमान तिर गए मन्मा झन पछी झन अनेकौ कुरा हरुले मलाई नै सोधिरह्यो म सग कुनै जवाब थिएन जब मेरो समय अभदी सकिएर म फर्कन बाध्या हुँदै बिमान भित्र पाइला टेके झनै मन रुदै गयो बिमान जब काठमाडौं माथि उडिरहयो पहिलेको त्यो सन्सारकै सुन्दर शहर काठमाडौ भुकम्पले गर्दा युद्ध मैदान जस्तो देखिन्थ्यो ।
केही समयको यात्रा पछि म अमेरिका सकुशल पुग्न सफल भए जब म त्यो सुन्दर र ब्यस्त शहरमा पुगछु आफ्नो मातृभुमीको याद र त्यो भुकम्पले बनाएको बिजोक नेपाल देखेर म मा केही गरु भन्ने भावना पैदा भयो त्यो शिलशिलामा मैले नेपाल यात्रा (Nepal Journey) भन्ने संस्थाको अवधारणा तयार गरेर आफनो तर्फ बाट सक्दो सहयोग गरे त्यो अबधीमा मलाइ हातमा हात र साथमा साथ धेरै जनाले दिनु भएको छ जो जसले मेरो अभियान मा साथ दिनु भएको छ उहाँ आदरणीय हरु प्रती हार्दिक कृतज्ञता प्रकटगर्न चाहान्छु ।
जब मैले नेपाल यात्रा (Nepal Journey) भन्ने संस्था बाट काम सुरु गर्दा मैले धेरै अफ्ट्यारो र बाधा अडचन हरु सहनु परेको थियो त्यो कारण हो नेपाल यात्रा (Nepal Journey) भन्ने संस्था बैधानिक रुप दर्ता नहुनमा तर त्यो दुख र अफ्ट्यारो परिस्थिति लाई चिरदै आज हामी 5 जना सस्थापक मिलेर यो संस्था लाई बैधानिक रुपमा दर्ता गराइ संस्था लाई मुर्तरुप दिन लाई सफल भएको छौ । एउटा् सानो अवधारणा लिएर अगि बढ्दा बढ्दै आज यस लाई सामाजिक संस्थाको रुपमा परिणत गराउन पाउँदा आफैले आफैलाइ गर्भान्धित महसुस गरेको छु ।
अहिले नेपाल यात्रा (Nepal Journey) को काम लाई अझै प्रादर्शी र प्रभाबकारी बनाउन को लागि हामीले जापन कतार लन्डन र अमेरिका गरि यी चार देश बाट समन्वय गर्दै आएका छौ आशा छ हामी लाई प्रत्यक्ष रुपमा अरु काम गर्ने अबसर र सहयोगको धेरै खाचो छ र म यहि बाट सम्पुर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइ मा आह्वान गर्न चाहान्छु कि आउनुहोस् हाम्रो साथ मा बसेर जति सक्नु हुन्छ सहयोग गर्नुहोस हामी यो भन्दा अरु प्रभावकारी र प्राद्रशी काम गर्ने अठोट राखछौ । तर हामी लाई जति सक्नु हुन्छ तेति सहयोग गरिदिनु होला तपाईं हरुले गाँस कटाएर दिनु भएको सहयोगको हामी उच्च मुल्याकन गर्दछौ ।
हामी हरुलाई आसा छ हजुर हरुले आर्थीक नैतिक भौतिक सहयोग पकै पनि गर्नु हुने छ र हाम्रो यात्रालाई शहज र सरल तरिका बाट लिएर जान हजुर हरुको महत्योपुण र अंमुल्य केही समय हामी लाई पकै मिल्नेछ भन्ने पूर्ण आसा गरेकाछौ
जादा जाँदै सबै सबै लाई हार्दिक कृतज्ञता प्रकट गर्दै विशेष गरी मेरो परिवारको सदस्यजन हरु प्रती म धेरै आभारी छु यस्तो जटिल अबस्थामा पनि मलाइ सहयोग गरि मैले चालेको हरेक पाइलामा साथ दिनु भएको मा धन्यवाद ।