पत्रकार भीमसेन सापकोटाका कविता संग्रह “प्रश्नमा ईश्वर”को आइतबार एक कार्यक्रमबीच विमोचन गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्सलले गरेको दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठीको अवसर पारेर कविता संग्रह बिमाेचन भएको हो ।
अस्ट्रेलियाका लागि नेपालका राजदुत रुद्रकुमार नेपाल, अनेसासका केन्द्रिय अध्यक्ष पदम विश्वकमा, डा. प्रोफेसर तथा साहित्यकार गार्गी शर्मा, अनेसासका सँस्थापक अध्यक्ष होमनाथ सुवेदी, साहित्यकारहरु प्राज्ञ विन्ध्या सुब्बा, डा. पुष्पा शर्मा, डा. कविता लामा सयुक्त रुपमा सो पुस्तकको लोकार्पण गरेका थिए ।
लेखक भिमसेन सापकोटोको कृतिमाथि टिप्पणी गर्दै साझा प्रकाशनका पुर्व अध्यक्ष तथा साहित्यकार नवराज कार्किले अनेक रोचक विषय समेटिएको यो कृति डायस्पोरिक नेपाली साहित्यको संग्रह योग्य पुस्तक रहेको बताए ।
सिन्धुपाल्चोकमा जन्मेका सापकोटा हाल सिड्नी अस्ट्रेलियामा बस्दै आएका छन । पेशाले पत्रकार रहेका सापकोटाले अकाउन्टमा स्नाकोत्तर साथै फलित ज्वतिष विज्ञान र नेपाली साहित्यमा स्नातक गरेका छन । यस अघि उनको भत्किएको पर्खाल पूणार्ङकी नाटक वि.स. २०६१ मा प्रकासित भईसकेको छ । अन्लाईनखबरबाट