कोरियामा एनआरएनको खोल ओढेर नेपाली ठग्ने क्रम रोकिएन, कामदारको लाखौं रकम कुम्ल्याएर हुण्डी कारोबारी सचिव नै सम्पर्कविहिन

सोल, दक्षिण ।  कोरिया नेपालीका लागि नेपाली भन्ने मुल नाराका साथ स्थापना भएको गैर आवासिय नेपाली संघ एनआरएन दुःख पाएका नेपाली तथा विदेशमा रहेका नेपालीलाई सहयोग गर्ने संस्था भनेर पछिल्लो समयमा चिनिएको छ । 
शेष घलेले कार्यभार सम्हालेयता धनिहरुको मात्र संस्था भनेर कहिलिएको एनआरएनले दुःख, आपतवित् र प्राकृतिक प्रकोपमा परेका नेपालीलाई सहयोग गर्छ भन्ने मान्यता स्थापित गरिदिए । तर यसका केहि साखाका कार्यसमितिमा रहेका ब्याक्तिको बदनियतपुर्ण कार्यले गर्दा बेला बेलामा यो संस्था माथि नराम्रो नजरले हर्ने गरिन्छ  । 
यसैकाबीच अहिलेको कार्यसमितिमा चयन भएका सचिबले पसिनाको कमाईबाट संकलित नेपाली मजदुरको लाखौ रकम लिएर सम्पर्कविहिन भएको खबर आएको छ । अवैध हुण्डी कारोबार गर्दै आएका भोजपूरका सोगेंन्द्र घलेले यहाँ कार्यरत नेपालीको करोडौ रुपैया संकलन गरेर फरार भएका छन् । उनका सहकर्मीका अनुसार घले क्यासिनोमा जुवा खेल्ने लतमा फसेका थिए । घलेले नेपाल पठाउन संकलित रकम क्यासिनोमा जुवा खेलेर सकेको हुन सक्ने अनुमान गरिएको छ । एक जना पिडित अनुसार घलेले आफुले नेपाल पठाउन अठार लाख रुपैया दिएको र समयमा नपुगेपछि बारम्बार ताकेता गर्दा सम्म नदिएपछि आफु उ खेल्ने क्यासिनो समेत पुगेको बताए । 
क्यासिनोमा घले एउटी जापानी युवतीसँग रहेको र पैसा फिर्ता गर्न भन्दा भोलि गर्छु भनेर आफुबाट उम्केको उनले बताए । पछि सम्पर्क गर्दा घलेसँग सम्पर्क हुन नसकेको उनले गुनासो पोखे । यस बाहेक घलेले एक जना नेपालीको पाँच लाख रुपैया लिएका थिए भने त्यस्तै दर्जनौ नेपालीको घर पठाउन भनेर दिइएको रकम लिएर फरार भएका छन् ।
लाखौ रकम लिएर फरार घले वर्तमान एनआरएन कोरियाका सचिब समेत हुन् । एनआरएन कोरियाका पदाधिकारीसँग यस बारेमा सोधपुछ गर्दा घलेलाई संस्थाबाट यस अघि नै पदमुक्त गरिएको बताए ।
कोरियामा फस्टाउदै गएको हुण्डी कारोबारीबाट नेपाली ठगिएको घटना भने यो पहिलो होइन् । यस अघि पनि एक हुण्डी कारोबारीले लाखौ रकम कुम्ल्याएर फरार भएका थिए । हाल सम्म पनि उनी सम्पर्कविहिन छन् ।
स्रोत: विकास श्रेष्ठ, हेल्लो नेपाल कोरिया ड्ट कम