काभ्रेपलाञ्चोक कासीखण्ड नगरपालिका व्यास-२ स्थित सल्लेरीमा गोली लागेर नगरपालिकाका २० वर्षीय प्रतिष तामाङको मृत्यु भएको छ ।
नाकमा गोली लागेको र अत्यधिक रक्तश्राव भएका कारण उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी निरीक्षक विदुरकुमार थापाले जानकारी दिए । सो घटनामा संलग्न भएका सोही नगरपालिकाका अरुण तामाङलाई प्रहरीले आजै पक्राउ गरेको छ ।
शनिबार बेलुुका दुवै जना नजिकै रहेको जङ्गलतर्फ घरबाट निस्केकामा पछि उनीहरुबीच विवाद हुँदा गोली चलेको हुन सक्ने प्रहरी निरीक्षक थापाले बताए ।
उनका अनुसार घटनास्थलबाट कटुवा पेस्तोलसमेत बरामद गरिएको छ । (रासस)