काभ्रेपलाञ्चोकको पाँचखालमा पाँच वर्षीय बालक मृत अवस्थामा फेला

 काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-९ मा आज पाँच वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् ।
बुधवारदेखि बेपत्ता भएका सिन्धुपाल्चोकको ठोकर्पाका सीताराम खरेलका छोरा सौरभ पानी जमेको खेतमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए।
नाबालक खरेल पाँचखालमा मामाघर आएका थिए । प्रहरीले उनको डुबेर मृत्यु भएको हुन सक्ने आशङ्का गरेको छ । सेतोपाटीमा समाचार छ । 

अन्य समाचारहरु