साउदी अरेबियाको रियादमा होली बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न

राजु खनाल
रियाद । साउदी अरेबियाको राजधानी रियाद स्थित एक्जिट १८ मा होली बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
मिथिला एकता समाजद्वारा आयोजित उक्त कार्यक्रममा साउदीमा क्रियासिल विभिन्न संघ सस्थाहरु प्रबासी नेपाली मन्च,जन सम्पर्क मन्च ,एन आर एन लगायत का प्रतिनिधिहरु र नेपाली दूताबास परिबार लगायत करिब ५०० नेपालीहरुको उपस्थिति मा मिथिला एकता समाज द्वारा भजन कृतन प्रस्तुत गरिएको थियो । 
गायक रबिन सुब्बा  लगायतका कलाकार हरुले दमदार गीत प्रस्तुत गरेका थिए भने बिच बिचमा नृत्यहरु प्रस्तुत गरिएको थियो ।
बिदेशमा बसेर पनि नेपाली मौलिक हक , कला सस्कृतिको माध्यम बाट नेपाली बिचको एकतालाई  प्रगाढ बनाउन कार्यक्रम को आयोजना गरिएको समाज का अध्यक्ष सुनिल कुमार गुप्ताले बताउनु भयो । कार्यक्रम सुनिल कुमार गुप्ता को अध्यक्ष्तामा र काबा राजदुत  आनन्द प्रसाद सर्माको प्रमुख आथित्यतामा सप्पन्न भएको थियो ।