बाराको अमलेखगन्ज राजमार्गमा भएको सवारी दुर्घटनामा पद्मकन्या क्याम्पसकी स्ववियु सभापतिसहित दुईजनाको मृत्यु

बाराको अमलेखगन्ज-६ स्थित मुख्य राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा पद्मकन्या क्याम्पस काठमाडौँकी स्ववियु सभापतिसहित दुईजनाको मृत्यु भएको छ। 
 
मृत्यु हुनेमा कारचालक काभ्रे, महादेवस्थनाका ४४ वर्षीय ध्रुव कार्की र उदयपुर, कटारी-२ की ३७ वर्षीया लालकुमारी पोखरेल ९ (स्वस्तिका) रहेका छन्। पोखरेल पद्मकन्या क्याम्पस काठमाडौँकी स्ववियु सभापति हुन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 
 
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार नेपालगन्जबाट काँकडभिट्टातर्फ जाँदैगरेको ना४ख ५६९६ नम्बरको बस र बिपरीत दिशाबाट आउँदैगरेको बा३च ८०९७ नम्बरको कार बिहान एकआपसमा ठोक्ँिकदा उनीहरुको मृत्यु भएको हो। 
 
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। मृतकको शव परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेवि सङ्घकी नेतृ एवम् पद्मकन्या क्याम्पसकी स्ववियु सभापति पोखरेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन्। रासस 

अन्य समाचारहरु