बैदेशिक रोजगारमा गएका युवाहरुले जुटाए गुल्मीको पिपिलधारामा एम्बुलेन्स

उमाकान्त पाण्डे (युएई)/ बाबु रोकामगर(दिल्ही)- बैदेशिक रोजगारीमा गएका गुल्मी पिपलधाराका युवाहरुले गाउंको स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेका छन । बैदेशिक रोजगारीमा गएका युवाहरुको सहभागीतामा दुई बर्षअघी गठित पिपलधारा चौतारी सम्पर्क समिति विश्वसंजाल गुल्मी मार्फत अभियान सन्चालन गरेर जुटाएको रकमले उनिहरुले पिपलधारा गाविसको स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेका हुन । 
सो संजालले १४ महिना सम्म अभियान चलाएर रकम सकलन गरेको थियो । अभियान बाट तीस लाख नेपाली रुपैया संकलन भएको थियो । सो रकमले भारतमा  एम्बुलेन्स खरिद गरेपनि नाकाबन्दीका कारण नेपाल भित्राउन भने सकेका थिएनन । पहिले एम्बुलेन्स ल्याउन नसकेपछि एम्बुलेन्सको सांचो मात्रै उनीहरुले स्वास्थ्यचौकीलाई बुझाएका थिए । 
रोजिरोटी गरेर कमाएको पैसा बाट दैनिक खाजा खर्च कटाएर उनीहरुइले सो रकम संकलन गरेका हुन । त्यसरी सकंलन गरेको पैसाले एम्बुलेन्स खरिद गरेर सोही क्षेत्रका एमाले सभासद गोकर्णराज विष्ट, गृहमन्त्रालयका सहसचिव नारायण बहादुर थापा,गुल्मीका प्रजिअ प्रदिपराज कडेंल लगायतको उपस्थितीमा एक कार्यक्रम गरी एम्बुलेन्स हस्तान्तरण गरिएको हो । 
भारतमा कार्यरत पिपलधाराका कमल जीसीको नेत्रित्वमा २२ जना केन्द्रिय समितिले चार वटा उप समिति बनाएर अर्थ सकंलन गरेको थियो । सो सन्जाललाई भारत सँगै जापान, कोरिया,मलेसिया , बहराइन , लन्डनमा र युएईमा कार्यरत नेपालीले सहयोग गरेका थिए । उनीहरुको सहयोगमा १४ महिनामा सन्जालले तीस लाख नेपाली रुपैया सकंलन गरेको थियो । सो सकंलित रकममध्येबाट ८ लाख नेपाली रुपैयाको एम्बुलेन्स खरिद गरिएको र बाँकी २२ लाख नेपाली रुपैयाले पिपलधारा र आसपासका गाविसका बासिन्दालाई प्रत्यक्ष सेवा सुविधा प्रदान गर्ने योजना बनाएको अभियानकर्ता कमल जीसीले बताउनु भयो । 
सो पिपलधारा चौतारी विश्व संजाल गुल्मीले दुईवर्षको अवधिमा सो गाविसका गणेश मावि र ज्ञानोदय माविका एसएलसी उतिर्ण विद्यार्थिलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गर्ने,गाविस स्तरिय बिभिन्न अतिरित्त कृयाकलाप गर्ने र आगालागी पीडित , आर्थिक विपन्न परिवारलाई सहयोग गर्ने जनाएको छ ।