वैदेशिक रोजगारीमा रहेका गुल्मी पिपलधाराका युवाहरुद्दारा एम्बुलेन्स उपलब्ध

हिम शिखर/ बाबु रोका मगर 
समाज र राष्ट्रको मेरुदण्ड मानिने युवाहरु कहिले राष्ट्रको झण्डाबोके,कहिले विभिन्न राजनितिक पार्टीका झण्डाबोके । कहिले राज्यको बन्दुक बोके , कहिले विद्रोहीको बन्दुक बोके। कैयौले ज्यान गुमाए । राजनितिक परिवर्तन भयो तर समाज परिवर्तन भएन बाँचेकाहरुको सोच , शक्ति र सार्माथ्य को राज्य र राजनितिक पार्टीहरु ले मुल्यांकन गर्न सकेनन् ।
जुनसुकै देशको राजनीतिक आन्दोलन होस् या क्रान्ति ,राष्ट्रियता को सवाल होस् या देशको विकास । समाजको चौतर्फी विकाश ले गति लिन पाएन । यी उपरोक्त कारण लाई मध्यनजर गर्दै लुम्बिनि अञ्चल को एकजिल्ला गुल्मी को क्षेत्रनं ३ को पिपलधारा गाविसका तिनै वैदेशिक रोजगारीमा रहेका युवाहरुले दुईवर्ष अगाडि संपुर्ण  वैदेशिक रोजगारि मा रहेका युवाहरुलाई संगठित गरि “पिपलधारा चौतारी सम्पर्क समिति विश्वसंजाल गुल्मी” नामक संस्थाको विधिवत सुरुवातगरी आफ्नो पहिलो योजना नै जनताको स्वास्थ्य सँग सम्बधित गाविसको स्वास्थ्य चौकी लाई एम्बुलेन्स् दिने हेतुले एम्बुलेन्स खरिद अभियान चलाएका थिए ।
 
उक्तअभियान मा आफ्नो ड्युटी को प्रवाह नै नगरि रातदिनको अहोरात्र खटाई र आफ्नो गाँस काटेर गरेको लगानी र विभिन्न देश र स्वदेशका विभिन्न जिल्लाका सहयोगी दाताहरु सँग पहल गर्दै जुटाएको पैसाले संस्था स्थापना को १४महिनाको अवधिमै एम्बुलेन्स खरिद गरि जनताका आशा र अपेक्षाको कदर गर्दै गत कार्तिक १६गते गुल्मी क्षेत्रनं३का सभासद गोर्कर्णराज विष्ट, नेपालसरकार गृहमन्त्रालयका सहसचिव नारायण बहादुर थापा,गुल्मीका प्रजिअ प्रदिपराज कडेंल लगायतका विशिष्ट ब्यक्तित्वहरुको आथित्यमा एक भव्यकार्यक्रमको आयोजना गरि पिपलधारा गाविसको स्वास्थ्य चौकी लाई एम्बुलेन्स्को चाबी हस्तान्तरण गरेका थिए। भिन्न कठिनाई , आरोह अवरोह पार गर्दै भारत नेपाल सिमा नाका केही खुकुलो भएदेखी आफ्ना निरन्तर सम्पर्क र संवन्वय पछि एम्बुलेन्स नेपाल भित्राउन सफल भएका थिए। 
अन्तः यही चैत्र २७गते शनिवार एक अनौपचारिक कार्यक्रम गरि पिपलधारा र आसपासका गाविसका जनता लाई प्रत्यक्ष सेवा तथा सुविधा प्रदान गर्न पिपलधारा स्वास्थ्यचौकी लाई एम्बुलेन्स् हस्तान्तरण गर्ने भएका छन् । स्मरणरहोस् , पिपलधारा चौतारी विश्व संजाल गुल्मी ले दुईवर्षको अवधिमा पहिलो कार्यक्रममा पिपलधारा गाविसका दुइ माध्यामिक विद्यालय गणेश मावि र ज्ञानोदय माविका विद्यार्थिलाई प्रोत्साहित गर्न एस् एल सि उर्तिर्ण विद्यार्थीलाइ पुरस्कार वितरण, गाविस स्तरीय भलिबल प्रतियोगिता, आगालागी, आर्थिक विपन्न तथा रोगीहरु लाई सहयोग वितरण, भुकम्प पिडिंत पिपलधाराका जनतालाई आर्थिक सहयोग लगायतका उल्लेखनीय तथा एतिहासिक काम गर्दै आएको छ ।