भारतको गुडगावमा नयाँ बर्ष २०७३ को उपलक्ष्यमा साँस्कृतिक कार्यक्रम सम्पन्न (तस्बिर सहित )

बाबु रोका मगर 
गुडगाव । भारतको राजधानी दिल्ली नजिकैको शहर हरियाणा राज्य गुड्गाव स्थित नेपाली साँस्कृतिक परिवार प्रतिष्ठान द्दारा आयोजित नयाँ बर्ष २०७३ को पावन अबसरमा बृहत नेपाली साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। 
सो कार्यक्रममा नेपाली राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु लोक पप गायक अर्जुन कौशल, लोकदोहरी गायिका जमुना राना, शिलु भट्टराई साथमा लोक दोहरी गायक मिलन बि सि, धुर्ब राना र राम गहतराजको बेजोड प्रस्तुतिमा उपस्थित दर्शक हरुलाइ भरिपुर्ण मनोरञ्जन दिन सफल रहेका छन ।
यसपटक आयोजक नेपाली साँस्कृतिक परिवार प्रतिष्ठानले यश क्षेत्रमा हुने गरेका बिकृती लाई गतिलो चुनौती दिएको छ ।भला आयोजक परिवार लाई यो निशुल्क कार्यक्रम महङो नै किन नपरेको होस तर समाजमा कुनै नयाँ सकारात्मक काम हुन्छ भने सबैले उस्को तारिफ गरेको हुन्छ । कार्यक्रममा उपस्थित हजारौं नेपाली दर्शकहरु गायक गायिका र स्थानिय बाल कलाकार हरुको नृत्य हरुबाट प्रभावित भै नाच्दै रमाउदै आफू सक्दो सहयोग रकम दिएका थिए भने आयोजक परिवारबाट सन्तुष्ट रहेको उपस्थित दर्शकहरुको खुशिले दर्साइरहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाली राजदुतावास बाट कृष्ण पन्त र यादव खनाल को उपस्थिति रहेको थियो भने अन्य विभिन्न राजनितिक दल र संघ संस्थाका पदाधिकारी हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम मा निशुल्क बिरामी जाँच र औषधी बितरण गरिएको थियो ।
त्यसै पनि रंगारम भैरहेको कार्यक्रम त्यही माथी राजेश कोईराला र शितल शर्माको मीठो उद्घोषकले कार्यक्रममा तालमेल बढेपछी स्टेज गर्मीमा झन तातिरहेको थियो अर्जुन कौशलले लोक पपमा अनि जमुना राना,शिलु भट्टराई,मिलन बिसि,धुर्ब राना र राम गहतराजले लोक दोहरी पन्चेबाजामा दर्शकहरुलाइ खुब नचाएर कलाकरहरु आफू पनि सन्तुष्ट भएको बताए ।
भारतको शहरहरु मध्य सबै भन्द बढी नेपाली साँस्कृतिक कार्यक्रम हुने स्थान भनेको नै दिल्ली र गुड्गाव शहर नै हो यी शहरमा नेपाली चाड पर्व लगायत इन्डियन स्पेसल दिन हरुमा बिशेष कार्यक्रमको आयोजना गरि नेपालीहरुको जमघट हुने गर्छ। जस्ले सामान्यतयामा नेपाली हरुलाइ एकतामा जोड्ने माध्यम बनेको छ तर बिडम्बना यो छ कि हामी नेपालीहरु यसरी जुटेका त हुन्छौ तर पनि हामी कयौ नेपालीहरुलाइ थाहा नै हुदैन कि यस्तो जमघट र एकजुटताले हामिले देश र समाजका लागि के गर्न सक्छौ? वास्तबमा हामी देश र समाजको लागि नभै आफ्नो मनोरञ्जन को लागि रमाएका हुन्छौ कास हामी मान्छेहरु पनि एक एक मिलेर लाखौ अनि थोपा थोपा मिलेर सागर बने झै हुन्थ्यौ भने हामी भित्र कुनै गुनासो रहने थिएन।
उक्त कार्यक्रममा विभिन्न अनलाइन मिडिया बाट मिडिया कर्मिहरुको उपस्थिति रहेको थियो जस मध्य गोबिन्द पोख्रेल,अर्जुन खनाल,देवेन्द्र केसि र बाबु रोका मगर रहेका थिए ।
सो कार्यक्रम संस्थापक मोहन सिंह थापा र ललित जिसि को अध्यक्षतामा रहेको थियो भने कार्यक्रम सन्चालन शितल शर्मा र राजेश कोइरालाले गरेका थिए।