बेलुकी पाँच बजेपछि सर्वोच्च अदालत परिसरबाट कालो धुवाँ फाल्दै एउटा पुरानो कार बाहिरिन्थ्यो। पछिल्लो सिटमा साधारण धोती-ब्लाउज लगाएकी, कपाल सेतै फुलेकी महिला हुन्थिन्।
केही वर्षदेखिको यो दिनचर्या उस्तै छ, खालि गाडी फेरिएको छ। सर्वोच्चले उनलाई नयाँ गाडी दिएको छ, तर उनी अहिले पनि उस्तै साधारण भेषमा हुन्छिन्।
यिनी हुन्, सर्वोच्चकी एकमात्र महिला न्यायाधीश सुशीला कार्की, जो आफ्नै बलबुतामा सर्वोच्चको इजलाससम्म पुगेर आजबाटै मुलुकको कायममुकायम प्रधानन्यायाधीश बन्दैछिन्। उनी देशकै पहिलो महिला प्रधानन्यायाधीश पनि हुन्। सेतोपाटीमा समचार छ ।
उहाँको जीवनशैली हामी कर्मचारीको भन्दा धेरै साधारण छ, सर्वोच्चका सहरजिस्ट्रार विपुल न्यौपानेले भने, हाइफाइ जिन्दगीमा उहाँको रुचि नै देखिन्न।
सर्वोच्चका सहकर्मी, कर्मचारी र इजलासको बारमा उनीसामु बहस गर्ने वकिलहरू कार्कीको नैतिकता, आचारण र इमान सबैभन्दा बलियो पक्ष भएको बताउँछन्।
अचेलको जमानामा कुनै स्वार्थ नभएको र इमान भएको त्यो तहको व्यक्ति मैले कमै देखेको छु, अधिवक्ता सुरेन्द्र महतोले भने।
संसदीय सुनुवाइ भएको भए कार्कीले कायममुकायम हुनुपर्ने थिएन। सुनुवाइ समितिमा हुने राजनीतिक दलको हिसाबकिताबले मुलुकमा बन्न लागेकी प्रथम महिला प्रधानन्यायाधीशको पहिलो पाइलामा समेत बाधा हाल्यो।
उनी विराटनगरजस्तो राजनीतिक किल्लामा हुर्किएकीले व्यावसायिक जीवनमा आइपर्ने राजनीतिक प्रभाव र बाधाहरूसँग अपरिचित भने छैनन्। अधिवक्ताको पृष्ठभूमि भएकी कार्कीको व्यावसायिक जीवनमा यसको प्रभाव नपर्ने कुरै भएन।
उहाँलाई कसैले सजिलै प्रभावमा पार्न भने सक्दैन,