उमाकान्त पाण्डे /युएई , बैशाख १६ – अर्घाखाँचीकी क्यान्सर पीडित एक महिलालाई युएईमा कार्यरत अर्घेली युवाहरुले आर्थिक सहयोग गरेका छन । अर्घाखाँची संपर्क समिति युएईले ब्लड क्यान्सर भएर थलिएकी सन्धिखर्क १४ डिभर्ना जोगिमारेकी इन्दिरा बस्नेतलाई आर्थिक सहयोग गरेको हो ।
ब्लड क्यान्सरबाट थलिएर भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत उहालाई उपचारका लागि ६४ हजार ५ सय २२ नेपाली रुपैया समितिले सहयोग गरेको हो ।
अर्घाखाँची बाट युएई आई रोजगारी गर्दै गरेका अर्घाखाँचीका युवाहरुले सकंलन गरेको रकम उहाका श्रीमान ईन्द्र बहादुर बस्नेतको नाममा बुधवार पठाइएको अर्घाखाँची संपर्क समिति युएईका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।
सहयोग रकम सकंलनका लागि समितिले आबुधाबी बाट रविलाल खनाल , सारजाह बाट इस्वरी थापा , दुबई बाट सागर केसी लगायतले समन्वयब गर्नुभएको थियो ।
ब्लड क्यान्सर पीडित बस्नेतको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भैरहेको र आर्थिक अभाव कमजोर भएकाले उपचारको सहयोगका लागि प्रभु बिकास बैंकमा रहेको खाता नम्बर ०४९०१०००७५६३३१०००००१ मा सहयोग रकम जम्मागरिदिनुहुन परिवारले अनुरोध गरेको छ ।
समितिले यसै साता बागी ९ प्युडाँडाकी दुबै म्रिगौला पीडित कमल जीसीकी १६ बर्षिय छोरी श्रीजना जीसीलाई २० हजार १ सय ९६ रुपैया सहयोग गरेको थियो । समितिले राहत कोष मार्फत जिल्लामा डढेलो प्रभावित गाउलाई समेत सहयोग गर्ने अभियान सुरु गर्ने जनाएको छ ।
अर्घाखाँची संपर्क समिति युएईको अभियानलाई अर्घाखाँची राहत कोषले पनि सहयोग गरेको थियो । अर्घाखाँची बाशीहरुको हातेमालो मा ६४ हजार ५ सय २२ रुपैया सकंलन भएको थियो ।
सो रकम उहाका श्रीमान ईन्द्र बहादुर बस्नेतको खातामा जम्मा गरिएको छ । सो रकम सहयोग गर्ने सहयोगीदाता हरुमा
अर्घाखाँची राहत समिति यु ए ई ३००, अर्घाखाँची सम्पर्क समिती युएई २००, अन्जु थापा १९०, रबिन्दर १९०, इश्वर जंग थापा १७५, रबि खनाल १७५, बिष्णु पन्थी १०५, नारायण खनाल १०५,केसब खनाल १०५, राजेन्द्र खनाल ९०, बुद्धिराम पन्थी ७०,सागर खनाल ७० ,बुद्धि राम आचार्य ६०, वसन्त खड्का ५०, सागर जिसि ५०, कृष्ण केसि ५०,हेमराज ४२,बिष्णु खनाल ३५,लक्ष्मी बस्याल ३०,इश्वरी केसि २५,घनश्याम ज्ञवाली २०,बसन्ता जिसि २०,युबराज सेजबाल २०,बाबुराम भुसाल २०,निमेष सेजबाल २०, जीवन रायमाझी १० ,रामु गैरे ५, राजु खडका ५० दिराम गरी जम्मा २२५५ दिराम सन्कलन भएको थियो । (सहयोग गरिएको रकम युएई धिराम्समा हो ।)