कैलालीमा सर्प दंशका विरामीको संख्यामा वृद्धि, १२ जनाको मुत्यु

 कैलालीमा चालु आर्थिक वर्षको ९ महिनामा सर्प दंशका विरामीको संख्यामा वृद्धि भएको छ। जिल्लामा यस बर्ष सर्प दंशका ४ सय ७४ जना विरामीले उपचार लिएका छन्।
गत साउनदेखि चैतसम्ममा सेती अञ्चल अस्पताल धनगढीबाट १ सय ८६, टीकापुर अस्पतालबाट १ सय २६ र मसुरीयामा रेहको नेपाली सेनाको श्री नं. २ राष्ट्रिय विकास गणबाट १ सय ६२ जनाले उपचार लिएका छन्।
उपचारका क्रममा सेती अञ्चल अस्पताल धनगढीमा १० जना र मसुरीयामा २ जना गरी १२ जनाको मुत्यु भएको छ भने टीकापुर अस्पतालबाट ४ जना विरामी अन्यत्र रेफर गरिएको छ।
सेती अञ्चल अस्पताल धनगढीका आकस्मिक उपचार केन्द्र प्रमुख कृष्ण बोहराले चालु आर्थिक बर्षमा १ सय ८६ जनाले सर्पदंशको उपचार लिएको बताए। उनले अस्पतालमा असारदेखि असोजसम्म दैनिक ३५ देखि ४० जनासम्म सर्पदंशका विरामी उपचारका लागि आएकोमा १० जना विरामीको उपचारका क्रममा मुत्यु भएको जानकारी दिए। 
सेती अञ्चल अस्पताल धनगढीमा सर्पले टोकेपछि प्रयोग गरिने एन्टी स्नेक भेनम (ए.एस.भी.) प्रयाप्त मात्रामा रहेको जानकारी दिँदै बोहराले आवश्यक परेको खण्डमा क्षेत्रिय मेडिकल स्टोर धनगढीबाट थप औषधि ल्याउन सकिने बताए।
उनले कैलाली जिल्लामा सेती अञ्चल अस्पताल बाहेक टिकापुर अस्पताल र नेपाली सेनाको मसुरीया स्थित श्री नं. २ राष्ट्रिय विकास गणबाट उपचार लिन सकिने बताए।
सर्पदंशबाट बच्नका लागि राति हिडडुल कम गर्ने, हिड्नै परे जुत्ता लगाउने, टर्चलाईट लिएर हिड्ने गरे सर्पको टोकाईबाट बच्न सकिने प्रमुख बोहराले बताए। सर्पले टोकी हाले टोकेको ठाउँको तल र माथी डोरीले बाध्नु पर्ने बताउँदै उनले सर्पले टोकेको विरामीलाई खाने कुरा खान नदिन झारफुकको पछाडि नलागी समयमै अस्पताल ल्याए बचाउन सकिने बताए। सेतोपाटीमा समाचार छ । 

अन्य समाचारहरु