( पहिलो प्रकासित मिती: २०७३ वैशाख २१, मंगलवार)
बाबु रोका मगर
प्रवासमा नेपाली जनता र देश प्रति गम्भिर आस्था राख्दै आएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत पश्चिमउत्तर क्षेत्रीय सम्मेलनको कार्यक्रम ३० अप्रिल र १ मई २०१६ मा हरियाणा राज्यको करनाल स्थित भब्य अनि शानदार रुपमा सम्पन्न भएको छ |
भारतीय भूमिमा नेपालीहरु माथि हुने गरेका अथवा गराइएका शोषण दमनको कडा बिरोध गर्दै र समस्यामा परेकाहरुलाई उद्दार गरि प्रवासी नेपालीहरुको जनहितका लागि कुनैपनि बेला मानबिय भावना बोकेर उपस्थित हुने प्रतिबद्दता जाहेर गर्दै देश र जनताको रक्षाको लागि कुनै पनि स्थान बाट हरेक नेपालीहरु एकतामा बाँधिएर एकजुट हुनु पर्छ भन्दै कार्यक्रममा उपस्थित सबै नेपालीहरु लाई जनचेतना गराइएको थियो |
सम्मेलनमा मुख्य अतिथि तथा प्रवक्ता राष्ट्रिय जनमोर्चाका पुर्व सांसद कमरेड हरि आचार्यको उपस्थिति रहेको थियो | साथै केन्द्रिय उपाध्यक्ष क. कपिल खानाल त्यसैगरी केन्द्रिय सदस्यहरु मोतिराज गौतम,नारायण शर्मा,श्रीमती तारा जी सी लगायत श्रीमती शारदा खनाल,दिनेश खड्का,मिरा थापा र विश्व नेपाली साप्ताहिक पत्रिकाका प्रतिनिधि धनबिर पुन र अन्य भाइचारा संगठनका सक्रिय प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो |
सोहि दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमउत्तर क्षेत्रीय सम्मेलन ३० अप्रेल २०१६ देखि १ मई २०१६ बाट नव निर्वाचित पदाधिकारीहरुको चयन गरि १७ जना पूर्ण सदस्य, ५ जना बैकल्पिक र ८ जना सल्लाहाकार गरि ३० जना सदस्यहरुको क्षेत्रीय समितिमा निर्वाचित भएका छन् |
उक्त सम्मेलनको कार्यक्रममा पश्चिमउत्तर क्षेत्रबाट हरेक नगर समितिहरुका प्रतिनिधिहरुको उपस्थिति संगै दर्शकहरुको अधिकतम घुइचो लागेको थियो | सो कार्यक्रमको अध्यक्ष ठाकुर खनाल रहनु भएको थियो भने कार्यक्रम संचालन लाल चन्द पन्तले गर्नु भएको थियो |