रबिन्द्र फुयाल / क्यानाडा – गत बैशाख १९ को दिन नेपालस्थित गुल्मीको दजकोट गाविसमा भिषण आगलागी हुदा थुप्रै गाविसका घर गोठ र गाई बस्तु जलेर खरानी भई खण्डरमा परिणत भएको छ । विस्वभर छरिएर रहेका नेपालीका मन यस घटनाले नदुखेको बिरलै भेटिएला ।
ठुलो रुपमा आर्थिक अनि भौतिक क्षति पुगेको र पिडित लाई ठुलो समस्या आइपरेको छ । पिडितलाई दैनिक जीबनयापन गुजारा गर्न गारो परेको अवस्थामा संसार भरिका नेपालीले हातमा हात मिलाई एक अर्काको शहयोग गर्नु मनासिबनै मानिन्छ । यसै क्रममा क्यानाडा स्तिथ नेपालि क्यानीडियन ट्रकर एसोसिएसनले पनि यस् कार्यलाई तिब्रता दिएको छ।
आपचौर निबासी भुवन खेरलको सम्योजकत्वमा नेपालि क्यानीडियन ट्रकर एसोसिएसनले पनि पिडितलाई शहयोग गर्ने सस्थाका अध्यक्ष नर बहादुर टन्डनले जानकारी दिनुभएको छ।
तत्काल राहात स्वरुप रकम र लत्ताकपडा आदि जुटाई रहेको र जुटेको सामग्री सेवा संचार गुल्मीकी अध्यक्ष गंगा खड्कालाई हस्तान्तरण गरिने र अरु इच्छुक नेपालीबाट पनि पिडितको उद्दारको लागि रकम संकलन गरिने भएकाले त्यसका लागि समिति गठन भैइसकेको समेत सस्थाका अध्यक्ष टन्डनले बताउनु भयो । यसै खबरको मध्यमबाट पिडितलाई सहयोग गर्न र उनीहरुको जलीरहेको मन र आलो घाउमा मलम लगाउन सबै नेपालीलाई अपिल समेत गरिएको छ । इच्छुक व्यक्तिले समिति तथा एसोसिएसनका सदस्य कमल खड्काको खातामा सोझै जम्मा गराउन सक्नुहुने छ । त्यसका लागि खाता न: ०५५९९-००४८४११-६४१९०२१ साथै दुखद परिवारको समस्या र स्वास्थ्य लाभको सबै नेपालीले कामना गरौ ।