बाबु रोका मगर
रोजगारीका शिलशिलामा रहेका प्रवासी नेपालीहरुले भारतको राजधानी दिल्ली स्थित संस्थापक एकदेव आले मगर द्दारा ५ मई १९६६ मा स्थापना गरिएको संगठन नेपाली प्रवासी संघ भारतको ५ मई २०१६ को दिन ५० औ बर्षमा पाइला राखेको उपलक्ष्यमा कार्यक्रमको आयोजना गरिएको थियो |
उक्त दिन प्राय सबै नेपालीहरु नोकरी कार्य व्यस्तताको कारणले गर्दा सबैजना उपस्थित हुन नसक्दा साधारण किसिमले उत्सब मनाइएको थियो भने भारतका अन्य विभिन्न राज्यहरुमा धुमधाम संग मनाइएको लोकनाथ भण्डारी ले जानकारी गराउनु भयो कार्यक्रममा केन्द्रिय अधक्ष्य लोकनाथ भण्डारी अनि केन्द्रिय सदस्य सुर्य बस्यालले १९५० को सन्धि वारे र गत वर्ष भारतले गरेको नाकाबन्दीको दुख ब्यक्त गर्दै सो समयमा नाकाबन्दी बिरुद्द आन्दोलन गरेको र आगामी दिनहरुमा भारतले नेपाल र नेपालीहरु माथि गर्ने गलत ब्यबहारको प्रतिकारमा हामि सबै प्रवासी नेपालीहरु एकजुट भई उत्रनु पर्छ र सबै बामपन्थी कम्युनिष्ट एक जुट भएमा देशले पक्कै पनि काँचुली फेर्ने छ भन्दै आ आफ्नो मन्तब्य राखनु भएको थियो |
सो कार्यक्रममा नेपाल बाट शान्ति पुनर्स्थापनाका पदाधिकारी भूमिराज भट्टराइ र अमृत ढकाल को उपस्थिति रहेको थियो | कार्यक्रमको अध्यक्षता बालुराम भण्डारी रहनु भएको थियो भने संचालन विमलराज पौडेलले गर्नुभएको थियो |