एनआरएन साउदीद्वारा अग्नि पीडितलाई सहयोग

साउदी अरब (अर्घाखाँचीडट्कम) ।  पुरा गाउँ बस्ति नै सखाप हुने गरि गत बैशाख १८ गते स्याङ्जा जिल्लाको मनकामना र पेलाकोटमा लागेको भिषण आगलागी परि बिपत्तिमा परेका परिवारलाइ गैर आवासिय नेपाली संघ साउदी अरबले आर्थिक सहयोग जुटाएको छ । 
प्राप्त जानकारी अनुसार आगलागीबाट पेलाकोट गाविस वडा नम्वर ७ चोकमा ३ घर, ३ गोठ र ३ खोर जलेर धस्त भएका थिए भने मनकामना गाविस वडा नं ७ लामडाँडामा २३ घर, २४ गोठ ५ धन्सार र बस्तुभाउ समेत पुर्ण रूपमा जलेर नस्ट भएका थिए ।
एआरएनए आरसीसी पुर्वी क्षेत्रका सल्लाहकार ढल बहादुर थापा, एलसिसि दम्मामका अध्यक्ष बालकृष्ण पंगेनी, सचिव मोहन बिएसके लगायको टोलीलले ‘सहयोगी हात तथा उद्दार मन, एनआरएन साउदिबाट सहयोग’ भन्ने अभियान चलाउदै १,००५ साउदी रियाल संकलन गरेको छ । गत ३ मई, २०१६, गैरआवासिय नेपाली संघ, पुर्वि क्षेत्रिय समितिको बिशेष अधिवेशन कार्यक्रमका दौरान संकलित रकम स्याङ्जा सहयोग समाज साउदी अरेबिया मार्फत अग्नि पिडिहरूलाइ हस्तान्तरण गरिने एलसिसि दम्मामका अध्यक्ष बालकृष्ण पंगेनीले जानकारी दिएका छन् ।
‘नेपालीका लागि नेपाली’ भन्ने मुल भावनालाइ आत्मसाथ गर्दै नेपालमा आइपरेका महाविपत्ति, दैविक प्रकोप, भूकम्प, आगजनि आदि लगायतका घटनाहरूमा एनआरएनए साउदिले सहयोग पुराउदै आइरहेको छ ।