युएईको अलएेनमा बुद्दजयन्तीको अवसरमा पूजापाठ गरिने

उमाकान्त पाण्डे / युएई , जेठ ७ – सम्युत्त अरब एमिरेट्स युएईमा रहेका तमुहरुले पूजापाठ गरेर बुद्दजयन्ती मनाउने भएका छन । तमु समाज युएई अलएेन क्षेत्रिय समितिले २५६० औ बुद्द जयन्तीको अवसर पारेर पूजापाठ गर्ने भएको हो । आज शुक्रबार २० मेमा अलएेनको होटल लायलीमा आयोजना गर्न लागिएको सो कार्यक्रममा भगवान बुद्धको पूजा आराधना तथा पवित्र मन्त्रोच्चारण संगै सास्कृतिक कार्यक्रम गर्न लागेको समितिका अध्यक्ष जगदिश गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा बुद्द धर्मका अनुयायीहरुले बिभिन्न धार्मिक झाकी समेत प्रस्तुत गर्ने तयारी गरिएको छ । गएको केही साता यता युएईमा रहेका युवापुस्ताको मन जितेका गायक डम्मर नेपाली तथा युएईमा कार्यरत नेपाली कलाकारहरुको बिशेष प्रस्तुतीमा कार्यक्रम हुने भएको अलएेन समन्वयब परिषदका सम्योजक प्रेम रिजालले बताउनु भयो ।
बुद्धको शान्ति , अहिंसा र आपसी प्रेमपथको महत्व वर्तमान समयमा अझ बढेर गएको र बुद्धले देखाएको सत्मार्गको बाटोलाई सबै धर्म र सम्प्रदायका मानिसहरुले अवलम्बन गर्नुपर्ने भएकाले प्रवासमा रहेका नेपाली बीच सद्भभाव र भाईचाराको सम्बन्ध बिकासका लागि कार्यक्रम आयोजना गरिएकाले यहाँ कार्यरत नेपालीहरुलाई आयोजकले उपस्थितीका लागि अनुरोध गरेको छ ।