चालु वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक, सार्वजनिक संस्थानको नाफा रकम र संख्या दुवै बढ्यो

 सरकारले चालु वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । 
व्यवस्थापिका संसदमा अर्थमन्त्री विष्णु पौडेलले बिहिबार सर्वेक्षण पेश गर्दै सार्वजनिक गरेका हन् । 
सर्वेक्षण अनुसार चालु वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर मुस्किलले ऋणात्मक हुनबाट जोगिदै ०.७७ हुने प्रक्षेपण छ । यस अघि केन्द्रिय तथ्याङक विभागले पनि शून्य दशमलव ७७ प्रतिशत हुने सार्वजनिक गरेको थियो । सोहि तथ्याङकलाई सरकारले सार्वजनिक गरेको हो । 
सरकारले चालु वर्षको बजेटमा वृद्धिदर ६ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षामा दुई प्रतिशत अनुमान गरिएपछि तराइमा जारी आन्दोलन र भारतको नाकाबन्दीका कराण शुन्य दशमलब ७७ मा सिमित भएको हो । 
 कृषि क्षेत्रको वृद्धि न्यून रहेको, भुकम्पनको प्रभावबाट गैरकृषि क्षेत्रका गतिविधिहरु बढी प्रभावित भएका र सीमा नाकामा भएको अवरोधबाट देखिएको आपूर्ति असहजताका कारण चालु वर्ष आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा न्यून रहन गएको हो, सार्वजनिक गरिएको सर्वेक्षणमा भनिएको छ । कान्तिपुरमा समाचार छ । 
सार्वजनिक संस्थानको नाफा रकम र संख्या दुवै बढ्यो 
सरकारले सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७३ पनि सार्वजनिक गरेको छ । 
सार्वजनिक भएको प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७१/७२ मा नाफामा जाने सार्वजनिक संस्थानको संख्या र नाफा रकम दुवैमा वृद्धि भएको छ । आर्थिक वर्ष ०७०/७१ मा नाफामा जाने सार्वजनिक संस्थानको संख्या १८ वटा मात्रै थियो । समिक्षा वर्षमा २० वटा सार्वजनिक संस्थान नाफामा रहेको जनाइएको छ । जम्मा सार्वजनिक संस्थानको संख्या ३७ हो । यसमध्ये १४ वटा संस्थान घाटामा छन् ।
 नेपाल इन्जीनियरिङ सेवा केन्द्र लिमिटेड र नेशनल कन्स्ट्रक्शन कम्पनी लिमिटेडका कर्मचारीहरुको अवकास भइ विवरण प्राप्त हुन नसकेको तथा जनकपुर चुरोट कारखाना लिमिटेडका कर्मचरीहरुको अवकास भई सीमित तथ्याङक प्राप्त भएको स्थीति छ, समिक्षामा भनिएको छ । अघिल्लो वर्ष सबै सार्वजनिक संस्थानको खुद नाफा ५ अर्ब ५ करोड ३ लाख रुपैयाँ रहेकोमा समिक्षा वर्षमा उल्लेख्य वृद्धि भएको छ । 
 २०७१/७२ मा ३३ अर्ब ९२ करोड २७ लाख खुद नाफा हुन गएको देखिँदा सार्वजनिक संस्थानहरुको आर्थिक अवस्था सुध्रदै गएको अनुभुति हुन्छ,  प्रतिवेदनमा भनिएको छ,  विगतका वर्षहरुमा नोक्सानमा रहेको नेपाल आयल निगम यो आर्थिक वर्षमा करिब १५ अर्ब रुपैयाँ नाफामा रहेको तथा नेपाल दुरसञ्चार कम्पनी, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले उल्लेख्य नाफा बढाएको कारणले ठूलो अंकमा नाफा हुन गएको पाइयो । कान्तिपुरमा समाचार छ ।