उपमहानगरपालिकाले थालेको विकासको कामले बिराटनगर डुबानमा

          
बिराटनगर, जेठ १४ – बिराटनगर उपमहानगरपालिकाले सुरु गरेको विकासको कामले बिराटनगर डुवान पर्न थालेको छ । बिराटनगर उपमहानगरपालिकाले विकासको कामलाई प्राथमिकतामा राखेर काम गर्न नसक्दा बिराटनगरका मुख्य र सहायक सडक जलमग्न भएका छन् ।
यसले गर्दा सर्वसाधारणलाई आवत जावतमा नै समस्या हुन थालेको छ । पानी निकासी नहुँदा समस्या आएको सुरेश गुप्ताले बताउनुभयो ।
तर त्यसको निकासको बारेमा जिल्ला बिराटनगर उपमहानगरपालिका मात्र हैन विकासको काम गर्ने मझौला सहर एकिकृत वातावरणीय सुधार परियोजनाले चासो दिएका छैनन । विस्तार गरिएका सडक व्यवस्थित नहुँदा दुर्घटना पनि बढेको स्थानीयबासिन्दाको गुनासो छ । 

अन्य समाचारहरु