पुनह मूलघर कतार नेपाली एकता समाजमा प्रवेश

राम प्रसाद पराजुली- दोहा कतार / प्युठान जिल्ला चुजा  ७ निबासी बलदेव राना र प्यूठान नगरपालिका वडा न.१५ निबासी प्रकाश केसी नेपाली जनप्रगतिशील मन्च कतारलाइ परित्याग गरि पुन: कतार नेपाली एकता समाजमा  प्रवेश गर्नु भएको छ ।
रोजगारीको सिलसिलामा लामो समय देखि कतारमा कार्यरत रहदै आउनु भएका बलदेव राना र प्रकाश केसी केहि समय पहिले एकता समाज बाट भुलबस बाटो बिराई नेपाली जनप्रगतिशील मन्चमा आबद्ध रहदै आउनु भएको थियो । 
लामो समय सम्म कतार नेपाली एकता समाजमा सक्रिय रुपमा काम गर्दै आउनु भएको दुवै जना केहि समय पहिले नेपाली जनप्रगतिशील मन्च कतारमा आबध हुन पुगेता पनि उक्त कदम गलत भएको महसुस गर्दै पुन पुरानै घर फर्केको जानकारी गराउनु भयो ।
अब फेरी सक्रियरुपमा कतार नेपाली एकता समाजमा रही संघठनको नीतिनियम र सिद्धान्त प्रति पुन प्रतिबद्धता रहेर क्रियासिल हुने बताउदै मूल घरमा फर्केको जानकारी गराउदै आजको दिन देखि नेपाली जनप्रगतिशील मन्च कतारको कुनै पनि जिम्मेवारी पद र त्यस सम्न्धित कुनै पनि ठाउमा नरहेको जानकारी गराउनु भएको छ ।