आर्थिक वर्ष ०७३/०७४ का लागि कुल १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट सार्वजनिक

 सरकारले आगामी आर्थिक वर्ष ०७३/०७४ का लागि कुल १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट ल्याएको छ । व्यवस्थापिका संसदको शनिबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पैडेलले उक्त बजेट पेस गरेका हुन् ।
नयाँ संविधानमा गरिएको व्यवस्था जेठ-१५ मा बजेट पेस भएको हो । नयाँ संविधानपछिको यो पहिलो बजेट पनि हो । कुल विनियोजित बजेट मध्ये चालुतर्फ रु ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार र पुँजिगत तर्फ ३ खर्ब ११ ९४ करोड ६३ लाख २५ हजार व्यवस्था गरिएको छ ।
कुल बजेटका लागि राजस्वबाट ५ खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख, साँवा फिर्ता प्राप्तिबाट १० अर्ब, र वैदेशिक अनुदानबाट १ खर्ब १० अर्ब ८९ करोड र वैदेशिक ऋणबाट १ खर्ब ९५ अर्ब ७१ करोड ५७ लाख ३७ हजार जुटाइने अर्थमन्त्री पौडेलले बताए । बाँकी रकम आन्तरिक ऋण र चालु आवको नगद मौज्दातबाट व्यवस्थापन गरिने उनले जनाए ।
अर्थमन्त्री पौडेलले अबको आर्थिक लक्ष्य समाजवादतर्फ उन्मुख भएको बताएका छन् ।
बिस्तृतमा पढ्नुहोस् बजेटः


 बजेटका विशेषताहरुः

कर्मचारीको तलवमा २५ प्रतिशतले वृद्धि
आयकर छुटको दायरा बढाइयो । व्यक्तिका लागि ३ लाख ५० हजार र दम्पत्तिका लागि ४ लाख वाषिर्क आम्दानीमा कर नलाग्ने ।
सामाजिक सुरक्षा भत्ता दोब्बरले वृद्धि
आफ्नै गाउँ आफै बनाउँ कार्यक्रमको बजेटपनि दोब्बरले वृद्धि
निर्वाचन क्षेत्र विकास कोषको रकम ३ करोड पुर्‍याइयो ।
संसदीय विकास कोषको बजेट ५० लाख ।
पत्रकारलाई सरकारी अस्पतालमा उपचारमा ५० प्रतिशत छुटको व्यवस्था ।
रेल मार्ग र काठमाडौंमा मेट्रो रेलको अध्ययन गरिने
पानी जाहाज सञ्चालनको अध्ययन गरिने ।
शैक्षिक प्रमाणपत्रका आधारमा ऋण ।
प्रत्येक प्रदेशमा एक मेडिकल कलेजको अवधारणा ।
पेट्रोलियम पदार्थमा ५ प्रतिशत पूर्वाधार कर ।
पुनःनिर्माणमा एक खर्ब ४० अर्ब    ।
तरार्इका प्रत्येक सदरमुकामको विकासमा ५० करोड ।
थप विशेषता
आगामी वर्ष ६.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य ।
क्यान्सर, मुटु र मृगौलाका उपकरण आयातमा मूल्य अभिवृद्धिकरमा सबै छुट , भन्सार १ प्रतिशत मात्र।
अखबारी कागजमा १ प्रतिशत मात्रै भन्सार लाग्ने ।
कृषि, सिंचाइका लागि आवश्यक उपकरणमा १ प्रतिशत मात्रै भन्सार लाग्ने ।  
बन्द, हडताल गर्ने, आयोजनाको काममा अवरोध गर्नेलाई क्षतिपूर्ति भराइने ।
काठमाडौंमा निर्माण हुने घरमा अनिवार्य सोलार जोड्नु पर्ने ।
गरिबसँग विश्वेश्वर कार्यक्रमलाई निरन्तरता ।
नगरपालिकालाई दिइने अनुदान पनि दोब्बर ।
२०७३ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाइने
सबै नेपालीको बैंक खाता ।
तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य विमा गरिने ।
एक प्रदेश एक औधौगिक क्षेत्र स्थापना गरिने ।
आगामी ५ वर्षभित्र सम्पूर्ण कृषियोग्य भूमीमा सिंचाइ पुर्‍याइने
हुलाकी सडकको पहिलो चरण तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य ।