असईको अन्तिम नतिजा प्रकाशित

(काठमाडौं) प्रहरी सहायक निरीक्षक (असई) पदको खुल्ला प्रतियोगिता तर्फको परीक्षाफल प्रकाशन भएको छ। पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७२ असार २३ गते प्रकाशित बिज्ञापनअनुसार विभिन्न परीक्षाहरुमा उत्तीर्ण भई अन्तिम अन्तर्वार्तामा सम्मिलित परीक्षार्थीहरुको अन्तिम नतिजा सोमबार प्रकाशन भएको हो।

 प्रतियोगिता अन्तर्गत खुल्ला, अमर शक्त, प्रहरी परिवार तथा समावेशी समूह तर्फको अन्तिम नतिजामा उत्तीर्ण मुख्य तथा बैकल्पिक उम्मेदवारहरुको योग्यताक्रमानुसारको नामावली प्रकाशित गरिएको हो।

साथै अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका मुख्य उम्मेदवारहरुले २०७३ असार १२ गते आइतबार आवश्यक कागजपत्रहरु साथमा लिई जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुर चितवनमा सम्पर्क राख्न प्रहरी प्रधान कार्यालयले भनेको छ।प्रकाशित नतिजा एसएमएसमार्फत थाहा पाउन NPASIDarta Number टाईप गरेर 34321 पठाउन सकिने छ। नतिजा नेपाल प्रहरीको वेवसाइट र प्रहरी प्रधान कार्यालयको सूचना पाटीमा समेत राखिएको छ। नागरिक न्युजले समाचार छापेको छ