बक्सिङ खेलाडी इन्द्रबहादुर मगर लाई आर्थिक सहयोग

आठौं दक्षिण एसियाली खेलकुद (साफ गेम्स)मा
काँस्य पदक विजेता बक्सिङ खेलाडी इन्द्रबहादुर मगर लाई अमेरिकामा रहेका खेल
ब्यक्तित्वहरुले आर्थिक सहयोग गरेका छन् । सन १९९२ देखि सात बर्ष सम्म एघार
अन्र्तराष्ट्रिय प्रतियोगितामा मुलुकको प्रतिनिधित्व गरेका मगर
, क्यान्सर रोगले पिडित छन् । आन्द्रामा क्यान्सर रोगबाट पिडित ४६ बर्षीय मगरलाई
उसुका पुर्व खेलाडी एवम प्रशिक्षक छेमांग तामाङको सक्रियतामा करिब दुई लाख असी
हजार सहयोग सोमबार पठाईएको छ ।



जसमध्ये गो
फन्ड मी
बाट करिब दुई लाख एवम अमेरिकामा रहेका खेल
एवम अन्य ब्यक्तित्वहरुले  करिब ८० हजार संकलन भएको थियो । तेक्वान्दोका
पुर्व खेलाडीहरु किशोर श्रेष्ठ
,
कुमार
कार्की
, दुर्गा गुरुङ, कृष्ण बलाल
एवम  राजकुमार थापा सहित उसुका छेमांग तामाङ
, राजेश लामा, युयेन शेर्पा एवम बिरबहादुर तामाङले आर्थिक सहयोग गरेका थिए । त्यसैगरि
भलिबलका सुनील चौधरी
, कराँतेका मुक्ति बिष्ट, फुटबलका सुनील तुलाधर र जुडोका सञ्जीव श्रेष्ठ लगायतकाले सहयोग गरेका छन् । 


पिडित
बक्सिङ खेलाडी मगरमा फोक्सो र कलेजोमा पनि समस्या देखिएको छ । उनको उपचारमा आर्थिक
अभाव भएपछि विदेशमा रहेका खेलाडी एवम प्रशिक्षकहरुले सक्दो सहयोग गरेका छन् ।
कान्तिपुरमा
समाचार छ