प्रबासी नेपाली मंच, साउदी अरबको दमाम क्षेत्रीय अधिबेशन सम्पन्न

साउदी अरब (अर्घाखाँचीडट्कम) प्रबासी नेपाली
मंच, साउदी अरबले संगठन बिस्तार गर्ने क्रममा हालै दमामको प्रथम क्षेत्रीय अधिबेशन
सम्पन्न गरेको छ
जेन कुमार लामाको स्वागत भाषण र  क्षेत्रीय इन्चार्च ऋषिराम भट्टराईको
अध्यक्षतामा सपन्न भएको सो अधिबेशनलाई प्रमुख अथितिको आशनबाट शुभकामना दिदै काबा
अध्यक्ष  परशुराम मिश्रले समसामयिक देशको
राजनैतिक परिस्थितिको बारेमा प्रष्ट पारेका थिए
शुभकामना
मन्तब्य
दिदै मंचका उपाध्याक्ष राजेन्द्र खत्रीले प्रबासमा बसेर
मंचले खेल्नु पर्ने भूमिकाको बारेमा र महासचिब राजु खनालले संगठनात्मक सचिब अमर
श्रेष्ठ ले मजदुरहरुको समस्या र समाधान र कोषाध्यक्ष छोटु थापाले आर्थिक
पारदर्सिताको बारेमा बोलेका थिए

त्यसैगरि सोहि
अधिबेशनलाई  नरेन्द्र बेलबासे, राम बहादुर
क्षेत्री, ओम घले, राज तामांग,कमल खरेल,नन्दलाल सुबेदी लगायतले अधिबेशन सपलाताको
शुभकामना मन्तब्य दिएका थिए

उदघाटन सत्र र
बन्द सत्र गरि अधिबेशन  दुई चरणमा सपन्न
भएको थियो
अधिबेशनको बन्दसत्रले राजनैतिक र आर्थिक प्रतिबेदन पारित गर्नुको साथै
सर्बसहमतिबाट अनुप नेपालीको अध्यक्षतामा दमाम क्षेत्रीय कमिटी निर्माण गरेको छ
जसको उपाध्याक्ष
इश्वर बुढाथोकी सचिब नबिन कुमार सेवान सह सचिब योगेन्द्र कुइकेल र कोषाध्यक्ष विजय
सोनाम रहेका छन्
यसैगरि सदस्यहरुमा सुरेश भट्टराई, कुनाल मण्डल, इश्वर तामांग,  दिल कुमार श्रेष्ठ, राजकुमार नेपाली र हरि केसी
रहेका छन्

सो अधिबेशन सफल
पार्नको लागि जेन लामाले हल र
खाना किसोर थापा (थकाली खाना घर)ले सौजन्य गरेका थिए