राम प्रसाद पराजुली/कतार
जनगायक जीवन शर्मा कतार आउनु हुने भएको छ । कतार नेपाली एकता समाज अन्तर्गत रक्तिम सास्कृतिक अभियानले आयोजना गर्ने सास्कृतिक कार्यक्रमका लागि उहा कतार आउँनुहुने भएको हो । अभियानले मुस्लिम समुदायको महानपर्व ईदको अवसरमा आयोजना गर्न लागेको रक्तिम सास्कृतिक कार्यक्रमम गायक शर्मा पहिलो पटक कतार आउन लाग्नुभएको रक्तिम सास्कृतिक अभियानका अध्यक्ष हुमाकान्त आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा कतारमा कार्यरत प्रगतिशिल कलाकारहरुको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ ।
जनप्रगतीशिल गायक शर्माका धेरै जसो गीत जनजिब्रोमा झुण्डिएका छन । ‘सीमली छायामा बसी भरिया लामो सास फेरेको”मधेसी , पहाडी, हिमाली हामी सबै नेपाली’ यस् पाली त यस्तै भो आमा अर्को साल आउने छु दसैंमा’ जस्ता कर्णप्रिय गीट गाएर जनताका प्रिय बनेका छन । यस् अघी सम्युत्त अरब एमिरेट्स युएईका मजदुर क्याम्प सम्म पुगेर कामदारका आफ्नै भोगाइलाई गिती भाका मार्फत पस्किएका शर्मा परदेशमा कार्यरत धेरै मजदुरका प्रीय बनेका छन ।
जुलाई पहिलो साता पर्ने मुस्लिम समुदायको महानपर्व ईदको पहिलो दिन सालीमार होटल नज्मामा कार्यक्रममा आयोजना गरिएको सस्थाका सचिव रण बहादुर बिसीले जानकारी दिनुभयो ।
अभियानले यस् अघी कतारमा रक्तिमका प्रस्तुती प्रदशन गरे पनि जनगायक शर्मालाई पहिलो पटक कतार ल्याउन लागेकोले कतारमा कार्यरत श्रमजीवी सम्पूर्ण नेपालीलाई उपस्थितीका लागि अभियानले अनुरोध गरेको छ ।