हरि रोका मगर/ अर्जुन थापा
प्रवासमा रोजगारीको शिलशिलामा रहेका प्रदेशी नेपालीहरुले आफ्नो देश र समाजका निम्ति केहि गर्नु पर्छ भन्ने उद्देश्य लिएका साथै आफुलाई समाजमा कसरी प्रस्तुत गर्न सकिन्छ र आत्माबल कसरि बढाउने भन्ने बिषयमा आइतबार भारत को राजधानी दिल्ली स्थित तिस हजारी नेपाल आवाजको सभा हलमा नेपाली देशभक्त आवाज र गुल्मी भुर्तुङ्ग सम्पर्क समिति भारतको संयुक्त प्रशिक्षण कार्यक्रम सम्मपन्न भएको छ |
कार्यक्रममा दुवै संस्था का पदाधिकारी तथा कार्यकरी सदस्यहरुको उपस्थिति रहेको थियो भने प्रशिक्षक नेपाल आवाज साथै पत्रकार महा संघका भारत चेप्टरका महासचिव गोबिन्द पोख्रेल र नेपाल वन टि भी च्यानलका निलकमल जैरु ज्यु रहनु भएको थियो उहा हरुले दुवै संस्थाका कार्यलाई तारिफ गर्दै सामाजिक कामकाजका लागि पहिले आफु भित्र बोल्न सक्ने क्षेमता को बिकास हुनु पर्ने बिषयमा जानकारी गराउनु भएको थियो |

सो प्रशिक्षण कार्यर्कममा दुवै संस्थाका पदाधिकारीहरु बाबु रोका मगर, सानु मगर, अमृता बराल, प्रदिप बेलबासे र मोहन पौडेल लगायतका प्रबक्ताहरुले आ-आफ्ना संस्थाको वारेमा संस्था किन बनाएको र के का लागि भन्ने बिषयमा जानकारी गराउनु भएको थियो | यसका साथसाथै पत्रकार तथा गुल्मी भुर्तुङ्ग सम्पर्क समितिका महासचिव देवेन्द्र के सी ज्यु लाइ पत्रकारी क्षेत्रमा राम्रो काम गरेको भन्दै दक्षिण कोरियामा कार्यरत गुल्मेली समाजसेवी टिका सुवेदीको सक्रियतामा टिका पौडेल, दयाराम पौडेल, दिपक गिरि र विशन केसी मित्रहरुले सम्मान का साथ पुरस्कार भेट स्वरुप लेपटेप प्रदान गर्नु भएको थियो सो लेपटेप नेपाली देशभक्त आवाजका संस्थापक बाबु रोका मगर र गुल्मी भुर्तुङ्ग सम्पर्क समितिका अध्यक्ष टिका कार्की ज्युको हात बाट देवन्द्र के सी ज्युलाई हस्तान्तरण गरिएको थियो |

यसै कार्यक्रमको अन्त्यमा भारतमा नेपाली देशभक्त आवाजका कर्मठ राष्ट्रप्रेमी मित्र महासचिव श्री प्रदिप बेलबासे ज्युले संस्था र सामाजिक कामलाई दिएको ठुलो योगदान प्रति सम्मान का साथ् हार्दिक धन्यवाद दिदै श्री प्रदिप बेलबासे ज्यु लाइ नेपालका लागि कार्यकारी संयोजक को रुपमा नेपाली देशभक्त आवाजको विधान सहित १९ जुन २०१६ आइतवारको दिन बाट अबका बाँकी दिनहरु नेपालमा देशभक्त बनेर देश,जनता र संस्थाको लागि इमान्दारिताको साथ आफ्नो कर्तब्य पुरा गर्नुहुने जिम्मेवारी दिदै उहालाई उपस्थित सबै सदस्यहरुले खादा ओढाई बिदाइ गरिएको थियो |
नेपाली राष्ट्रिय गित संगै सुरुवात गरिएको कार्यक्रम जोश जाँगरका साथ साथै अघि बढेको थियो कार्यक्रमका अध्यक्ष टिका कार्की रहनु भएको थियो भने कार्यक्रम संचलान नेपाली देशभक्त आवाजका अध्यक्ष नन्दु घिमिरे(नविन) र गुल्मी भुर्तुङ्ग सम्पर्क समितिका महासचिव तथा प्रशिक्षक देवेन्द्र केसी ज्युले गर्नु भएको थियो | कार्यक्रम कवरेज को लागि नेपाल वन टेलिविजन को उपस्थिति रहेको थियो |