बाबु रोका मगर
सुनेका छौ ठुला ठुला रोग हरु को उपचारको लागी नेपाल सरकारले आर्थिक कोटा छुटाएको छ भन्ने तर पनि गरीब र बिपन्न नेपालीहरु को लागी कुनै न कुनै घटना नघटेको दिन पनि भयन र कुनै न कुनै को जीवन बचाउन सहयोग को लागी हात फैलाउन नपर्ने दिन कहिलै आएन ।
दाङ जिल्ला लमही न पा वाड न ११ बस्ने बर्ष ४५ कि श्रीमती श्याम कला रोका को दुबई किट्नी फेल भयर काठमाडौँ भक्तपुरको मानब प्रत्यारोपण केन्द्रमा उपचार भईरहेको हुदा र निज श्याम कला रोका को जीवन रक्षाको लागी खाडी मुलुक युएई (दुबई)मा कार्यरत रेशम रोका मगरको संयोजकत्तोमा छ मई सुक्रबार देखि सुरु भएको मृगौला पीडित आर्थिक सहयोग अभियान यु ए इ मा नेपाली दाजु भाइ दिदी बहिनी लगायत सघ सस्था बाट आर्थिक सहयोग जम्मा गरी असार ६ गते (मे२०) को दिन ३८००० हजार रुपैय रकम हस्तान्तर गरिएको छ भने बाकी उठेको रकम पनि छिटै हस्तान्तर गर्ने तयारीमा रहेको रेशम रोका मगरले जानकारी गराउनु भएको छ।
आर्थिक अभियान मा खटिएर सहयोग गरिदिनु हुने मित्र हरु नेपाली एकता समाज यु ए इ का अध्यक्ष कृष्ण के सि,खिम लाल पान्डे, नेपाली एकता समाज महिला सघ उपाध्यक्ष साबित्रा घिमिरे,नेपाल मगर संघ दुबै छेत्रीय उपशाखा समितिका सदस्यहरु तथा डि बि समर्पण, हरि घर्ति त्यसैगरी अर्घाखाँची सम्पर्क समिती यु ए इ का सम्पूर्ण टिम समाज सेबी बहिनी अन्जु थापा,भाइ बसन्त घर्ती जी हरुका ति सहयोगी मन अनि हातहरूलाइ हार्दिक धन्यबाद दिदै अन्यमुलुक हरुमा मा रहेका सम्पूर्ण सघसस्था का प्रतिनिधि,समाजसेवीहरु लाई पनि सक्दो आर्थिक सहयोग गरिदिनु हुनको लागी हार्दिक अनुरोध गर्नु भएको छ ।
अन्य सहयोगी मित्रहरुले सहयोग गर्न चाहेमा दिएको नाम र नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ ।
रेशम रोका -९८४७५८३६४७
बेगम ठेडी -९८६६९१३३०३
तस्बिरमा मृगौला पिडित श्यामकला रोका मगर