बाबु रोका मगर
“असारे झरी दहीचिउरा खाने हाम्रो संस्कृति” विभिन्न कामका लागि भारतमा रहेका नेपालीहरुले आफ्नो मौलिक परम्परा लाइ भुल्नु हुदैन भन्ने मनासाय बोकेको नेपाली सांस्कृतिक परिवारले सदाको बर्ष जस्तै यसपटकको असार १५ (धानबाली दिवस) दहीचिउरा खाने दिन दहि चिउरा अनि साथमा सेलरोटी खुवाएर,खाएर भब्य रुपले मनाएको छ |
असार १५ मा नेपाली कृषकहरुले मानो रोपेर मुरी उब्जाउने दिन को सुरुवातलाइ मान्यता दिएको जो अहिले सम्म एउटा कृषि पर्वको रुपमा मनाउने चलन बढ्दै आएको छ | प्रदेशी नेपालीहरु सबै पैसाको लागि बिदेश पसेका कारण आफ्नो खेतबारी बाँझै राखेर भएपनि यसरि असार १५ मनाउन पर्ने गुनासो अध्यक्ष ललित जिसी ले गर्नुभयो यसैमा थप्दै खैर त्यसै पनि पिडा बोकेर प्रदेशमा आएका छौ हामि कृषक का परिवार हौ आजको दिन चै मनमा जति पिर ब्यथा भएता पनि हल्का रमाइलो गरौ राजेश कोइराला ले बताउनु भयो | सो कार्यक्रममा गायक धुर्ब राना,राम गहतराज लगायत अन्य कलाकार साथीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा नेपाली राजदुतावास मा पनि निम्तो गरिएको थियो तर उहाहरुको जरुरि काम परेकोले उपस्थिति हुन नसकेको जानकारी संस्थापक मोहन थापाले गराउनु भयो |
सबै मिली रमाइलो गर्दै (धानबाली दिवस) समग्रमा असार १५ लाइ राति १२ बजे शान्तिपुर्वक समापन गरिएको थियो |