(साउदी अरब) एनआरएनए एलसिसि जुबेल, नेपाली साझा मन्च र बिबेकशिल नेपाली दलको संयुक्त टोलिले जुबेलमा बिचल्लि परेका २३ जाना नेपाली कामदारहरू लाइ राहात सामाग्रि बितरण गरेको छ ।
आरसिसि पुर्वी क्षेत्रिय सचिव अन्जनि कुमार अधिकारी बाट प्राप्त जानकारि अनुसार बिगत लामो समय देखी रोजगारदाता कम्पनीले तलब सुबिधा नदिदा दैनिक उपभोग्य सामाग्रीको समेत अभाव भै उनिहरूको जिवन कष्टकर बन्दै गरेको छ ।
केहि दिन अघि एलसिसि जुबेलका एआरएनए कर्मीहरू, नेपाली साझा मन्चका अभियान्ताहरू र बिबेकशिलका नेपाली दलका साथीहरू सम्मेलित एक टोलि AMAM(Abdul Mohsen Al Mousa ltd.) कम्पनिमा भेट गरि पिडित नेपालीहरूको बास्तविक स्थिति बुझेको थियो । टोलिले तयार पारेको प्रतिबेदनका आधारमा पिडित नेपालीहरूको समस्यालाइ दृघकालिन रूपमा समाधान गर्न एनआरएनए आइसिसि FEMWWC संयोजकज्युले नेपालका श्रम मन्त्रीज्युलाइ पत्र प्रेषित गर्नु भएको छ भने एनसिसि साउदी अरबले नेपाली दुतावास साउदी अरब रियादलाइ पत्र संप्रेषण सहित उध्दारका लागी पहल गरिदिन संस्थागत अनुरोध गरेको छ ।
दैनिक उपभोग्य सामाग्रिहरूको समेत अभाव भै दयनिय अवस्था हुदै गर्दा एनआरएनए एलसिसी जुबेलको बिशेस पहलमा नेपाली साझा मन्च र बिबेकशिल नेपाली दलको टोलिले बिचल्लिमा परेका नेपाली कामदारलाई भेटि लगभग एक महिनासम्म पुग्ने दैनिक उपभोग्य सामाग्रिहरू बितरण गरेको छ ।
आरसिसि सचिव अधिकारीका अनुसार एनआरएनए एलसिसी जुबेलको सकृयतामा नेपाली साझा मन्च र बिबेकशिल दलले एकसाथ रकम संकलन गरि ३२० केजी चामल, ३० केजी दाल, १८ लिटर तेल, १५ केजी प्याज, एक कर्टुन सोयाबिन, ३० केजी आलु, ४ केजी लसुन, १० केजी नुन सहित मसला, बेसार



