साउदी अरब (अर्घाखाँचीडट्कम)। साउदी अरबको दम्माममा दम्माम स्पोर्ट्स क्लबले अहिले सम्मकै उच्च राशिको अन्तर नेपाली भलिबल प्रतियोगिता सप्पन्न गरेको छ ।
नेपाली नेपाली बिचको आत्मियतालाई बढवा दिन र एक आपसमा सुखदुःख बाड्नुको साथै खेलाडीहरु भित्र लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउनु खेलको उध्धेस्यका साथ आयोजना गरिएको उक्त प्रतियोगिताको उध्घाटन काबा राजदुत आनन्द प्रसाद शर्माले गरेका थिए । कुल ३२ टिमले भाग लिएको उक्त प्रतियोगितामा स्याङ्जा आधिखोला प्रथम हुँदै रु १ लाख ४० हजार हात पार्न सफल भयो । कानुजले द्वितीय हुँदै ८४ हजार र तनहु रियादले तृतीय हुँदै ४२००० हात पार्न सफल भए ।
बिजेता टिमहरुलाई नगदका साथै प्रमाणपत्र , शिल्ड र ट्रफीले समेत सम्मान गरिएको थियो । प्रतियोगितामा दिल बहादुर राना,सुन बहादुर गुरुङ बिशाल ठकुरी र वसन्त थापाले विभिन्न बिधामा उत्कृष्ट हुँदै पुरस्कृत भएका थिए ।
उक्त प्रतियोगिता हेर्न नेपालीहरुका साथै बङ्गाली,फिलिपिनी,पाकिस्तानी ,इन्डियन लगायत रोजगारीको सिलसिलामा साउदी आएका थुप्रै देशका हजारौ नागरिक उपस्थित भएको दम्माम स्पोर्ट्स क्लबका अध्यक्ष कमल खरेल ले बताउनु भयो ।