बाबु रोका मगर
बुटवल देखि सवारी लिएर भारतको दिल्ली आउदै गरेको बुद्द एडवेन्चर टुर एण्ड ट्राभल्सको लु १ ख ७६८७ नम्बरको बस गएको राति भारतको बहराइचमा भारि ट्रक संग एक आपासमा ठोकिदा दुर्घटना भएको छ सो दुर्घटनामा ड्राइभर लगायत अन्य ७ जना नेपालीहरुको घटना स्थलमानै मृत्यु भएको जानकारी प्राप्त भएको छ।
मृत्युहुनेहरुमा को को हुन् यो समाचार लेख्दा सम्म कुनै जानकारी आएको छैन घटनामा मर्नेहरुको संख्या अझै धेरै हुन सकने जानकारी सिता बस्याल ले बताउनु भएको छ | सो घटनामा परेका मृतक तथा घाइतेहरुलाई सहयोग गर्नको लागि नजिकैका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु घटना स्थलमा पुगी उद्दार कार्यमा जुट्न आग्रह गरिएको छ | घटनाको पुरा विवरण आउन बाँकी रहेको छ ।