विषादीको मात्रा बढी प्रयोग भएको तरकारी कालिमाटी तरकारी बजारमा

विगत केही
दिनदेखि कालिमाटी तरकारी बजारमा भित्रिने तरकारीमा विषादीको मात्रा बढी प्रयोग
भएको देखिन थालेको छ।

 

विषादी अवशेष
द्रुत विश्लेषण प्रयोगशाला
कालिमाटीका अधिकृत जितबहादुर थापाले शुक्रबार
र आज आइतबार तरकारीको नमुना परीक्षणमा रातो स्तरको (नष्ट गर्न पर्ने) विषादी फेला
परेको बताए।
 

 

प्रयोगशालाले
तरकारीमा ३५ प्रतिशतभन्दा कम विषादी देखा परे खान मिल्ने (हरियो)
, ३५ देखि ४५ सम्म
देखा परे केही दिन कुर्न पर्ने (पहेँलो) र ४५ भन्दा बढी देखा परे नष्ट गर्न पर्ने
(रातो) भनी वर्गीकरण गरेर परीक्षण गरिरहेको छ।

 

कालिमाटी
प्रयोगशालाले आज आइतबार गरेको १० वटा नमुना परीक्षणमा काभ्रेको पाँचखालबाट आएको ७०
केजी करेला नष्ट गर्ने पर्ने अवस्थामा विषादी देखा परेको उनले बताए।
 

 

त्यस्तै असार ३१
गते पनि प्रयोगशालाले गरेको ६ वटा नमुना परीक्षणमा काठमाडौंमा उत्पादन भएर आएको ४५
किलो गोलभेंडामा रातो स्तरको
विषादी फेलापरेको उनले बताए।

 

यस अघि असार २३
गते फर्पिङबाट आएको ४० किलो काँक्रो र वैशाख ७ गते चितवनबाट आएको ३३ किलो घ्यु
सिमीमा समेत रातो स्तरको विषादी देखा परेको थियो। तर तरकारीमा नष्ट गर्ने पर्ने
अवस्थामा विषादी देखा परेपनि सुरक्षा प्रशासनको सहयोग नहुँदा तरकारी उपभोक्ताको
भान्सामा पुग्ने गरेको थियो।

 

रातो स्तरको
विषादी फेला परेपनि नमुना संकलन भएर परीक्षणको नतिजा नआउँदासम्म तरकारी बिक्री
वितरणमा रोक लगाउन नसक्दा यो प्रवृत्ति बढिरहेको थापाले बताए।

 

विषादी देखा
परेको ७० किलो करेलामध्ये १० किलो उपभोक्ताले खरिद गरिसकेका थिए भने २५ किलो
गोलभेंडा पनि बिक्री भइसकेको उनले बताए।
 

 

अहिले उपत्यकामा
आउने टनेलखेतीको तरकारीमा बढी विषादी प्रयोग हुन थालेको उनी बताउँछन्। किसानले
तरकारी बजार पठाउने बेलामै विषादी प्रयोग गरेर पठाएका हुनसक्ने उनले बताए।

 

यस अघि काठमाडौं
जिल्ला प्रमुख रामकृष्ण सुवेदीले तरकारीको नमुना परीक्षणको लागि ल्याबमा पुगेपछि
बिक्री वितरणमा रोक लगाउन आवश्यक सुरक्षा व्यवस्था मिलाएको बताएका थिए। तर आजसम्म
पनि  सुवेदीले भने जस्तो कुनै काम नभएको थापाले बताए।

 

वर्षा लागे सँगै किसानले उत्पादित तरकारीको सुरक्षाको
लागि विषादी बढी प्रयोग गर्न थालेको उनले बताए। यस्तो अवस्थामा तरकारी प्रयोग
गर्दा घरायसी सुरक्षा अपनाउन आवश्यक रहेको उनले बताए।
 

 

हाम्रो
परीक्षणमा तत्कालै नष्ट गर्न पर्ने विषादी प्रयोग भएको तरकारी आइरहेको छ
, उनले भने, परीक्षण नहुने
बजारमा विषादी प्रयोग भएका तरकारी बढी आएको हुन सक्छ।

 

उपत्यकामा
कालिमाटी तरकारी बजार बाहेक अन्यमा विषादी परीक्षण  हुँदैन।

 

उनका अनुसार
वैशाखसम्म तरकारीमा विषादी शुन्य फेला परेपनि वैशाखदेखि भने पुनः देखा पर्न थालेको
छ।
सेतोपाटिमा खबर
छ