हुम्लाको सिमिकोटबाट नेपालगन्जका लागि उडेको मकालु एयरलाईन्सको विमान कर्णाली नदी किनारमा फोर्स ल्याण्डिङ गरिएको छ।
सिंगल इन्जिन भएको जहाजमा इन्जिन फेल भएपछि पाइलटले विमानलाई फोर्स ल्यान्डिङ गराएका हुन्।
हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज न्यौपानेका अनुसार बिमान अपरान्ह ३ बजेर ४५ मिनेटमा उडेको ५ मिनेटपछि इन्जिन केही समस्या भएपछि पाइलटले बिमान सिमिकोट विमानस्थलमा ब्याक गर्न खोजेका थिए। तर बिमान बिमानस्थलसम्म पुग्न सकेन र सिमिकोटको राउतेरानीस्थित कर्णाली नदी किनारमा फोर्स ल्याण्डिङ भएको हो ।
विमानमा चालक र सहचालक मात्र थिए। घटना लगत्तै हेलिकप्टरबाट उद्धार टोली घटनास्थल पुगेको उनले बताए।
न्यौपानेका अनुसार दुबै चालकहरू सकुशल छन्।
बिमान नेपालगन्जबाट सामान लिएर हुम्लाबाट रित्तै फर्किरहेको थियो। सेतोपातिमा खबर छ् ।