बायुसेवा निगमको जहाज भोजपुरबाट रित्तै फर्कियो

धेरै जसो टिकट पाउनै गाह्रो । टिकट पाएपनि यात्राको टुङ्गो हुँदैन । बल्ल बल्ल टिकट पाएका यात्रु विमानस्थलमा यात्राको लागि जव तैनाथ हुन्छन्, विना कारण अकस्मात उडान रद्ध हुन्छ । 

सरकारी स्वामित्वको वायू सेवा निगमले भरपर्दो उडान नगरेपछि यात्रुको विश्वास गुमाउन थालेको छ । उडानको निश्चित नहुने भएपछि बल्ल बल्ल लिएको यात्रुहरु टिकट फिर्ता गरेपछि निगमको जहाज विना यात्रु खाली उडान भर्ने गरेको छ । बर्षायाममा खराव मौसमको कारण निर्धारित समयमा उडान भर्न नसकेपछि निगमले एक सातादेखि डिले उडानमा यात्रु बिना उडान गर्दै आएको छ । निगमको ९ एनएविटी ट्वीनअटर विमान भोजपुरबाट बुधबार, बिहीबार यात्रु विना काठमाडौं फर्किएको नागरिक उड्डयन प्राधिकरणका कर्मचारी बिशाल बडुले बताए । काठमाण्डौबाट यात्रु लिएर आएको जहाज विहान साढे ९ बजे रित्तै फर्किएको हो । काठमाण्डौबाट यात्रु लिएर आएका पाइलट आइ आर गुरुङ, कोपाइलट एन बी शाह र एयर होस्टेजले जहाज रित्तै फर्काए ।

निगमले साताको सनिबार, सोमबार, बुधबार र बिहीबार काठमाडौं भोजपुर चार वटा र भोजपुर विराटनगर दुई वटा उडान भर्दै आएको छ । टिकट पाएपनि धेरै जसो उडान रद्ध हुने, खराव मौसमको कारण नियमित उडान नहुदा यात्रुहरु विमानस्थल आवतजावतमा झन्झट हुने गरेको छ । हवाई उडान सेवा भरपर्दो नभएपछि यात्रुहरु बैकल्पिक मार्गबाट यात्रा गर्छन् ।

भोजपुरमा उडान भर्दै आएको तारा एयरलाइन्सले बर्षायाममा खराव मौसमका कारण दुई महिनादेखि उडान बन्द गरेको छ । नेपाल एयरलाइन्सले भने ढिलै भएपनि निर्धारित मितिको डिले उडान भर्ने गरेको छ । अविरल बर्षा, हुस्सु र कुहिरोको कारण भोजपुर विमानस्थलमा दुई महिनादेखि नियमित उडान हुन नसकेको नागरिक उडडयन प्राधिकरणले जनाएको छ । कान्तिपुरमा समाचार छ ।