साउदी अरबमा आर्थिक संकट गहिरिँदै गएपछि रोजगारीको क्रममा साउदी अरब पुगेका नेपाली श्रमिक समस्यामा परेका छन्।
हाल कम्पनीहरुले तलब नदिने र घर फर्किन पासपोर्ट पनि नदिएका कारण हजारौं कामदार भोकभोकै परेको भन्दै भारतीय विदेश मन्त्रालयले उद्दारको प्रयास थालेको सन्दर्भमा हजारौं संख्यामा रहेका नेपाली श्रमिक पनि समस्यामा परेको अनुमान छ।
यद्यपी श्रम तथा रोजगार मन्त्रालयले भने तत्काल ठूलो समस्या नदेखिएको भन्दै आउन सक्ने जोखिमप्रति सजग रहेको जनाएको छ। वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने जिम्मेवारी पाएको वैदेशिक रोजगार विभागले केही नेपाली कामदार पनि समस्यामा परेको खबर पाएको जनाउँदै समाधानको लागि पहल थालिएको बताएको छ।
साउदीमा विदेशी श्रमिक समस्यामा परेका छन्, त्यहाँ नेपाली पनि रहेकोले हामीले म्यानपावर कम्पनीहरुलाई पनि खबर गरेका छौँ, विभागका महानिर्देशक शत्रुग्धन पराजुलीले सेतोपाटीसँग भने।आफूहरुले ब्यूरोक्रेटिक तहमा गर्नेजति पहल गरिरहे पनि सरकार परिवर्तनका कारण राजनीतिक तवरबाट पहल नभएकोले प्रभावकारी कदम चाल्न नसकिएको पराजुलीले बताए।
हामीले दुतावास, परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय लगायत सबै निकायहरुमा खबर गरिसकेका छौँ तर अहिले मन्त्री पनि नभएको अवस्थामा प्रभावकारी पहल हुन नसकेको सत्य हो