काठमाडौंको चोभारको भीरमा मिनिट्रक खस्दा चालकको मृत्यु भएको छ । फर्पिङतिर गइरहेको मिनिट्रक सडकबाट सय मिटर तल झरेको थियो । प्रहरीले चालकको उद्धार गरी उपचारका लागि अस्पताल पूर्याए पनि ज्यान जोगिएन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी लोकेन्द्रबहादुर मल्लले मिनिट्रकमा अन्य ब्यक्ति फसेको हुनसक्ने बताए ।