साउदी अरब (अर्घाखाँचीडट्कम) नेपालीका
नेपाली भन्ने
मूल नारा सहित लामो समय देखि साउदीमा कृयासिल भै रहेको गैर आवासीय नेपाली संघ
साउदी अरबले नेपालमा आइ पर्ने दैबिक प्रकोप, भूकम्प, आग
लागी,
बाढि पहिरो जस्ता महा बिपत्तिहरूमा सहयोग गर्दै आइरकेको छ ।
केहि दिन अघि नेपालमा आएको अबिरल बर्षासँगै बिभिन्न जील्लाहरूमा ठूलो जन धनको
नोक्सानि पर्नेमा सप्तरी जिल्ला पनि अछुतो रहेन, सप्तरिको
दिघ्वा गाउमा आएको बाढिले गाँउ बस्ति नै डुवानमा परेको जानकारी प्राप्त भए पश्चात
एनआरएनए साउदीको ध्यानाकर्षण भै एनसिसि उपाध्यक्ष डमर कुमार यादव लगायतका एनआरएन
कर्मीहरूले राहात सहयोग संकलन गरि रू ३५,००० बिप्रेषण गरि नेपाल पठाइ दिएका
थिए ।

डमर कुमार यादवले दिएको जानकारी
अनुसार एनआरएनए साउदी लगायत बिभिन्न देशहरूबाट प्राप्त सहयोग रासिलाइ एकिकृत गरि
दिघवा गाउका बाढि प्रभावित परिवार तथा दलित बालबालिकाहरूलाइ दैनिक उपभोग्य
सामाग्रि,
लत्ता कपडा लगायत बिध्यार्थिहरू लाइ शैक्षिक सामाग्रहि
बितरण गरिएको थियो । राहात सामाग्रि संकलन र बितरण गर्न मैथिली तथा भोजपुरी
सिनेमाकी नायिका डोली सरकार, न्यूज टुडे दैनिकका सम्पादक
श्यामसुन्दर यादवको टोलिले समन्वयकारी भुमिका निर्भाह गरेको जानकारि समेत प्राप्त
भएकोछ ।

यसै गरि एनआरएनए एनसिसि साउदी
अरबका केन्द्रिय सदस्य भक्त राइ लगायतको टोलीले सहयोग रासि संकलन गरि अविरल बर्षा
र पहिरोले प्रभावित बागलुङ कुसमिसेरा ९ ओडारका कृष्णप्रसाद शर्माको परिवारलाइ
सहयोग गरेको छ । राइ द्वारा प्राप्त जानकारी अनुसार अल्लगासिम ओनेजा
सोकगानाम भलिबल कल्ब बाट सा. रि. ३०५, कमल शर्मा बाट सा. रि. १०१, भक्त
राई बाट सा. रि. ७०, रामबहादुर अर्याल बाट सा. रि. ५१, राजन
रिजाल बाट सा. रि. ५१, सरोज जि सि बाट सा. रि. ५१ आसाराम परियार बाट सा. रि. ३०, नारायण
ढकाल बाट सा. रि. २६, रामबहादुर थापा बाट सा. रि. २५ एनसिसि साउदी अरबका अध्यक्ष
नारायण पासपानबाट सा. रि. १५१, महासचिव तेज बहादुर थापा बाट सा.
री. १०१ गरि जम्मा ९६२ नेपाली रूपिया २६,९३६
बराबरको सहयोग गरिएको हो ।



