सम्माननिय प्रधानमन्त्री ज्यू
हार्दिक अभिवादन
आराम छु आशा छ आराम हुनुन्छ ।
म आफुले त देशको लागी केही दिन नसकेकोमा आफैले आफैलाई निरीह
सम्झेकोछु र पनि कता कता भित्र भित्र
मन पोलिरहे छ । प्रदेशमा बसेर देशको माया कस्तो हुन्छ भन्ने कुरा अनुभुति गरेकोछु
।
आज देश रोइरहेको अवस्थामा देश माथी बज्रपात
हुनेगरी देशको बिरुद्धमा लाग्ने सम्पुर्ण भारतिय बिस्तारबादिका
भरौटेहरुलाई सहिद घोषणा गर्ने तपाइको यो निकम्मा
सरकारलाई धन्यवाद दिन चाहन्छु ।
यहि नै रहेछ माओवादिको रास्ट्रवाद । खै ती
सत्रहजार नेपाली सहिद र घाइतेहरु भारतियलाई सहिद घोषणा
गर्नकोलागी लडेका थिए ? देशलाई
खोक्रो बनाउन हो ? सायद त्यस्तो पक्कै पनि हैन होला ।
देश समृध्दिको लागी देश बिकासको लागी देश
निर्माण कोलागी आफ्नो ज्यानको आहुती दिने सहिद र घाइतेहरुको
रगतले एक दिन तपाईलाई
अबस्य पोल्ने छ र सराप लाग्नेछ।
यदि तपाइले भारतियलाई सहिद घोषणा गर्नुभन्दा त
भुक्कम्पमा, , बाढी पहिरो , बस दुर्घटना, र प्लेन दुर्घटना
मा परि मरेकोलाई सहिद घोषणा गर्नु भएको भए सायद नेपाली जनताले तपाईलाई
स्याबासी दिन्थे ।
अनि टिकापुर घटनाका अबोध बालक कता हराए । उनी
तपाईको नजरमा पर्न सकेनन माओबादीको
राष्ट्रबाद
प्रचण्डपथ अनि मधेसवादी नेताको राष्ट्रबाद यसैकोलागी हो ? मधेको आन्दोलन अनि भारतिय नाकाबन्दी अति
नै मन दुखेर जानी नजानी यहाँ तपाइँ समक्ष प्रस्तुत
गरेछु । लेखाइ नमिले होला अशुद्ध होला त्यस्कोलागी क्षमा
चाहान्छु मिलाएर र शुद्धसंग पढ्नुहोला र
अर्थको अनर्थ नसम्जिनुहोला भनी बिदा
हुन्छु ।
नरेन्द्र बेलबासे
कपिलवस्तु
हाल रियाध, साउदी अरबिया



