नविन जोशी
(दिल्ली) । 17 अगस्त 2016 को दिन बिश्व रक्षा बन्धन दिवसको अबसरमा दिल्ली स्थित ताल कटोरा स्टेडियममा राखिएको सांस्कृतिक कार्यक्रममा नेपालले पनि आफ्नो सहभागिता देखायो जसमा नेपाली देशभक्त आवज को कलाकारहरुले नेपाली पोशाकमा सजिएको “भयो भेट सलाम शिरैमा” बोलको गित संगै कौडा नृत्य प्रस्तुत गर्दा स्टेडियममा उपस्थित दर्शकहरु बाट हुटिङ गर्दै माहोल झुमेको थियो |
उक्त नृत्य मा नेपाली देशभक्त आवजका प्रतिनिधि तथा कलाकार बाबू रोका मगर,अर्जुन थापा,सानू मगर र इवा मगर ले अफ्नो काला प्रुस्तुत गरेका थिए प्रुस्तुती पछी कलाकारहरु लाई नेपाली पोशाकमा देखेपछि हजारौं जनाले सेल्फी र फोटा खिचेका थिए | साथमा नेपाली मित्र मंच बाट पनि आफ्नो प्रस्तुति रहेको थियो |
धेरै मिडियाहरुले गित र नृत्य को तारिफ गर्दै सोधेका थिए यसै क्रममा भारतीय मिडिया सङ बोल्दै बाबू रोका मगर ले भने आज यति धेरै देशका मान्छेहरुको माझमा यसरि आफ्नो राष्ट्रिय तथा मौलिक पोशाक मा नेपालको तर्फ बाट यो कार्यक्रममा सहभागी जनाउन पाउदा आफुहरुलाई गर्व लागेको र असाध्यै खुशी भइ एक किसिमको आनन्द छाइरहेको बताउदै यस्ता कार्यक्रम मा नेपाल र नेपालीहरुलाई मौका दिनु पर्छ जसले गर्दा हामि आफ्नो देश र संस्कृति लाइ सबैको सामु चिनाउन सकौ भनेका थिए |
उक्त विश्व रक्षा बन्धन दिवस को कार्यक्रममा भारतीय नेता देखि लिएर मन्त्रीहरुको समेत उपस्थिति रहेको थियो सबै धर्मका धर्म गुरुहरु साथ मा थिए | सबै देशहरु मध्ये भारत र नेपाल को बाक्लो उपस्थिति र प्रस्तुति राम्रो रहेको थियो ।