गैर आवासीय नेपाली संघ, साउदी अरबको आठौं पूर्ण बैठक सम्पन्न ।

साउदी अरब (अर्घाखाँचीडट्कम ) गैर आवासीय नेपाली संघ राष्ट्रिय
समन्वय परिषद साउदी
अरबले साउदी अरबले

आफ्नो आठौं नियमित बैठक
सम्मन्न गरेको छ ।
साउदी
अरब
रियाद स्थित नेपाली राजदूतावासको
प्राङ्गणमा सम्पन्न

बैठकमा एनआरएनए आइसिसिका
पदाधिकारीहरू
, साउदी अरबको बिभिन्न क्षेत्रहरूबाट
एनसिसिमा
प्रतिनिधित्व गर्ने

पदाधिकारिहरू,
क्षेत्रिय तथा स्थानिय पदाधिकारिहरू, नेपाली
राजदूतावास रियादका कर्मचारीहरू लगायत पत्रकार

तथा अनलाइ मिडिया कर्मीहरूको समेत उपस्थिति रहेको थियो ।

बिभिन्न ४ बुंदे प्रस्तावहरूमा
केन्द्रित बैठक रामचन्द्र तिमिल्सिनाको जेल रिहार्इका लागि
जुटेको अतिरिक्त रकम

सदुपयोग बारे छलफल बिशेष चासो र
प्रथामिकतामा रहेको
थियो
। एनआरएनए साउदी अरबद्वारा पूर्व घोषित

प्रदिबध्दता अनुसार रामचन्द्र उध्दारका लागि संकलित सम्पुर्ण नगद रकम
हस्तान्तरण गर्न नेपाली राजदूतावास
रियादमा

साथमा लगेर गएको थियो । रकम केन्द्रिकृत गरिरहेका एनसिसि उपाध्यक्ष डमर कुमार यादवले खोवर सेन्टर पोइन्ट

तथा ताबुक क्षेत्रमा छुटेका सहयोगि दाताहरूको
रकम एकमुष्ट संकल गरि जम्मा
७०,२७०/- साउदी रियाल संकलन

भएको जानकारी दिदै सुचि नेपाली दूतवासलाइ अवगत गराउनु भएको थियो ।

हलमा उपस्थित
सहभागिहरू बिच छलफलको क्रममा नेपाली राजदूतवास रियादका का. बा.
राजदूत श्री आनन्द

प्रसाद शर्माले
रामचन्द्र तिमिल्सिना रिहाइका लागी
आवश्यक
रकम सा. रि. १
,२०,०००/-
नेपाल परराष्ट्र मन्त्रालयबाट

प्राप्त भइसकेको
जानकारी गराउनु भएको थियो । बैठकले का. बा. राजदूत शर्माज्युको
अधिकारिक जानकारिलाइ

आधार मान्दै
रामचन्द्र तिमिल्सिना रिहाइका लागी आवश्यक
रकम परराष्ट्र मन्त्रालयमा जम्मा  भइसकेकोले एनआरएनए

साउदीद्वारा संकलित सहयोग रकम नेपाल नपठाउने निर्णय गरेको छ
भने एनआरएनए साउदीको अभियानमा
संकलित

रासि सदुपयोगका लागि उध्दार कोष स्थापन गर्ने र सो कोष संचालनका लागी धरम के. सी. को संयोजकत्वमा

नारायण पासवान, रमेश भन्डारी, डोर बहादुर कार्की, ध्रुव कुमार रिजाल, खगेन्द्र बिक्रम नेम्वाङ सहित ६ सदस्यिय

कोष निर्देशिका समिति पनि गठन गरेको छ । सो
समितिले नेपाली राजदूतावास रियादसँग
समन्वय
गरि दुइ हप्ता

भित्रमा निर्देशिका तयार पार्नेछ । समितिले तयार पारेको निर्देशिका अनुमोदन भएपश्चात
उध्दार कोषले ठोस रूप

लिनेछ ।

कोष निर्देशिका तयार नहुदा सम्म संकलित रकम अस्थाइ रूपमा
सुरक्षित राख्न तल उल्लेखित एनआरएनए

पदाधिकारीहरूलाइ जिम्मा दिइएको छः

१. नारायण पासवान  सा.
री. २०
,०००/-

२. रमेश भन्डारी  सा. री. १६,८६३/-


३. डमर कुमार यावद  १६४०७/-

४. उमेश भट्टराइ  सा.
री. १७
,०००/-

कूल रकम ७०,२७०/ साउदी रियाल

यसको अलावा बैठकमा हालै सम्पन्न एनआरएनए साउदीका दुर्इवटा
कार्यक्रमहरू
क्रमशः एनआरएनए परिवारिक

भेटघाट तथा
नवौं बार्षिक उत्सव बारे समिक्षा भएको
थियो
भने एनआरएनए आइसिसिले निर्दिस्ठ गरेको एक एनसिसि

एक परोपकारी
योजनालाइ
मध्य नजर राख्दै एनसिसि साउदी अरबले भूकम्प पिडितका लागि
तत्कालिन अवस्थामा

सहयोग गरि बचेको रकम र अन्य सहयोगी दाताबाट
सहयोग संकलन
जुटाइ भुकम्पका झड्काहरूले जिर्ण रहेको

दुर्गम पहाडि रोल्पा जिल्लाको सिध्दार्थ
मा. बि. घोप्टे ओडार बिध्यालयमा २ कोठे भवन तथा सर्बसुलभ
कम्प्युटर

शाला निर्माणका गर्ने निर्णय गरेको छ भने बैठकद्वारा
अनुमोदित
भवन तथा सर्बसुलभ कम्प्युटर शाला
निर्माण योजना

बारे जानकारी आइसिसिमा सम्प्रेषण
गर्दै राय
, सल्लाह, सुझाव
दिन अनुरोध गरेको गैर आवासीय नेपाली संघ,

साउदी अरबका महासचिब तेजबहादुर थापाले
जानकारी दिए ।