पर्बत जिल्ला घर बताउने जमुना कुवर नाम गरेकी एक महिलाले बुटवलमा करोडौ रुपैया ठगी गरि फरार भएकी छिन ।
बुटबल मिलनचोकको सिद्धार्थ कटेज नजिकै डेरा गरि बस्दै आएकी जमुनाले महिलाहरु संग बिभिन्न बहानामा रिण मागि चार करोड नगद र साठी तोला भन्दा बढी सुन ठगी गरि फरार रहेको पिडीत प्रेमा श्रेष्ठले जानकारी दिनु भयो ।
श्रिमानलाई बिदेश पठाउन एयरपोट जान्छु भनि आफ्ना दुई छोरी समेत लिएर फरार भएकी पिडीतहरुले बताएका छन ।
उनीहरुको सपरिबार साउन २२ गतेबाट सम्पर्कमा नरहेको बताइएको छ ।