बुटवलकी कमला न्यौपानेको हत्या आफ्नै साथीले प्रेमीसँग मिलेर गरेको रहस्य खुल्यो

बुटवल नगरपालिका-१३ की कमला न्यौपानेको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बुटवल-११ इँटाभट्टी बस्ने सविता मल्ल र उनका प्रेमी बुटवल-१० सुख्खानगरका किसन गुरुङ रहेका छन् ।
अभियुक्त सविताले कमलाको गहना लुट्नका लागि प्रेमी किसनसँग मिलेर हत्या गरेको बयान दिएको प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
अभियुक्त सविता मल्ल र हत्या भएकी कमला निकै मिल्ने साथी रहेको पनि इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताए ।
गत साउन २७ गते आफ्नै घरमा कमलाको हत्या भएको थियो । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु