“विश्वकर्मा जन कल्याण समाज” ले गर्यो भारतीय क़ानून वमोजिम नै संस्था दर्ता प्रक्रिया

डिल्लीराज घिमिरे
अर्घाखाँची डटकम् चण्डीगढ भारत, २०७३ भदौ १२ आईतवार । “मासुम हात डुङ्गा मुडा र हथौडा होइन अब कलम कम्प्युटर को साथ “मिसन २४ महिना विश्वकर्मा युवा संगठन तथा कल्याण समुहले गर्दै आएको वचत र ऋण समितिवाट हाल धेरै व्याकती प्रभावित हुदै आएका छन । भारतको चण्डीगढ़ वाटै सुरु गरिएको यो मिशनले दैनिक जसो दिनभरको काम र रातभर नै जुवातास र जाँडरक्सीमा व्यास्त हुने युवाहरुलाई यसरी यो मिशनले जुवातासलाई विस्थापित नै गरि सकेको आजीवन सदस्य नीरज विकले वताउनु भयो । यो संस्था पुर्णतया भारतीय क़ानून र विधीअनुसार संचालन गरिएकोले कसैवाट आउने धम्कीमा कहिले नझुक्न अनि विधान र  आचारसंहिता वमोजिम रहेर निडर भई मिशन वमोजिम काम गर्न सम्पूर्ण सदस्यलाई निर्देशन दिदै भारतको दिल्लीमा मुख्यालय रहेको संस्थाका विषेश समिति संयोजक हरिष जस्तोसुकै चुनौती सामना गर्न संस्था तयार रहेको वताउछन । 
एेतिहासिक दिन समय ले काहाँ बाट काहा पुर्याउदो रहेछ गरिबको पैसा र मेहनत माथी सधै अरुलाई मालिक बनाउन नदिने गरी काम र गरिबलाई ऋण केहि तहसम्म पारेर साथमा गरिब र गरिब दलितका छारा छोरिलाई कम्प्युटरको माउससग चल्न, खेल्न सिकाउने सोच र खोज बोकेर मिसन २४ महिनामा ५२ जना सदस्यहरुको घरमा कम्प्युटर अभियान सुरु गरेको अभियान “विश्वकर्मा जन कल्याण समाज”को नामबाट चंडीगढ इन्डियावाटै कानुनतया २०७३ भदौ ०५ तदनुसार  26 अगस्त 2016 को दिन दर्ता भएको यस अभीयानका मुख्य प्रस्तापक अमित विकले जानकारी गराएका छन । 
विगतका एक वर्षको अनुभव व्याक्त गर्दै अमित विक भन्छन काम गर्नें क्रममा धम्कि तरास सहदै आएका थियौ तर पनी हिम्मतको साथ ती अनेक धम्किलाई चिरफार गर्दै जित हमेशा सत्य को हुन्छ भन्ने भावना बोकेर हिडेका थियौ आज सपना पुरा भएकोले निकै खुसी छु । यस संस्थाका मुख्य संचालन सदस्यहरुको घर घरमा ऋण मुक्तको साथ कम्प्युटर अभियानले पाल्पा,रुपन्देही र अर्घाखाँची समेटी सकेको छ भने छिटै राष्ट्रव्यापी रुपमा अगाडी वढ्ने संस्थाका अधक्ष्य खगेन्द्र विक वताउछन ।