हरि रोका मगर/ अर्जुन थापा
भारतको राजधानी दिल्ली स्थित नेपाली देशभक्त आवाजले प्रवासमा रहेर पनि नेपाल र नेपाली हरुका लागि निश्वार्थ भावनाले परोपकारी कार्य गरेको चर्चा सबैलाई अबगत नै छ |
डोल्मा र हुमलाल ।
“नेपाली देशभक्त आवाज” पुर्व मेची पश्चिम महाकाली उत्तर हिमालय र दक्षिण तराइको एउटा जिम्मेदार राष्ट्र प्रेमीहरुको आवाज हो बिशेष गरि नेपाल र नेपालीहरुको हितका निम्ति सकारात्मक सोच र बिकासको साथ-साथै नेपाली भूमिको हृदयदेखि नै संर्वङगिण विकास चाहाने हरेक नेपाली युवा-युवतीहरु र विभिन्न क्षेत्रमा परिचय बनाई सकेका स्वोदेश तथा बिदेशी भूमिमा रहेका सच्चा जिम्मेदार नेपाली राष्ट्र प्रेमीहरु बिच प्रारम्भिक भेला र छलफल गरि परिकल्पना गरिएको एउटा सामाजिक संस्था हो ।
विशुद्ध सामाजिक सेवाबाट उत्प्रेरित भई समाज र राष्ट्रमै विशेष योगदान रहने गरि नेपाली युवा वर्गलाई सचेत र नेतृत्वदायि भूमिका निर्बाह गर्दै राष्ट्र र राष्ट्रियताप्रति माया अनी सदभाव कायम राख्ने उद्देश्यका साथ साथै नेपालको आर्थिक,सामाजिक, सांस्कृतिक, प्राकृतिक, स्वास्थ्य, शैक्षिक, समसामयिक तथा ति सम्बन्धि जनचेतनामुलुक क्रियाकलापहरुमा नविनतम खोज, प्रयोग गरि सत्य र तथ्य धरातलमा समग्र कुराको सकारात्मक विश्लेषण गर्दै समाधानका उपाय खोज्दै सबै सरोकारवाला हरुलाई सचेत गराउदै प्रदेशी भूमिमा एउटा नेपालीलाई पर्दा हामि नेपाली नै काम लाग्नु पर्छ भन्ने विचारका साथ काम गरिरहेको प्रसंसा गर्दै नुवाकोट जिल्ला गाँउखर्क गाबिस वार्ड नम्बर-५ हाल इजरायल मा कार्यरत यंग्जी डोल्मा शेर्पा र अर्घाखाँची जिल्ला ढाकाबाङ्ग गाबिस वार्ड नम्बर-९ हाल भारतको गुड्गावमा कार्यरत हुमलाल भुसाल बाट नेपाली देशभक्त आवाजलाई कार्य प्रगतिको कामना गर्दै दुवै जनाले १०० पिस टि- शर्ट सहयोग प्रदान गर्नु भएको जानकारी संस्थाका संथापक बाबु रोका मगर र कार्यकारी अध्यक्ष नबिन जोशीले जानकारी गराउनु भएको छ |
टि- शर्ट सहयोग प्रदान गर्नुहुने समाजसेवी यंग्जी डोल्मा शेर्पा र हुमलाल भुसाललाई नेपाली देशभक्त आवाज स-परिवारले हार्दिक धन्यवाद प्रकट गर्दै उहाहरुको प्रगतिको कामना ब्यक्त गरेको छ |