१२ औँ दिनको पूण्य तिथिमा भाईको लागि श्रदान्जली स्वरुप अन्तिम पत्र

(**~~खै  कहाँबाट  सुरुगरौँ~~**)
        
   स्वर्गीय पदमभाई म तिम्रो प्यारो दाई टोपको तर्फदेखि तिमीलाई एउटा अन्तिम पत्र स्वर्गबाट भएपनि स्वीकार ल…….!!
           बुढापुरानाले भने अनुसार मृत्‍यु भएको १२ अथवा १३ दिनमा निस्किदा सम्म घरमै बास हुन्छ भन्छन, त्यसैले तिम्रो आत्मा घरमै  होला भनेर मनको कुरा भन्न तिमीलाई यो पत्र लेखेको छु। कहाँ छौ तिमी किन यो रमाइलो समाजलाई छाडि गयौ?  तिमिलाई अलिकतिपनि हाम्रो माँया लागेन? तिमि त स्वर्गमा बास् गर्न गयौ,तर तिमिलाई नसम्झने र तिमिलाई सम्झेर नरूने कोही छैन सायद। तिमिलाई पदम शारु भनेर चिन्ने सबै आफन्तहरु रुन्छन तिमी त संसार छोडेर गयौ, तर तिम्रो त्यो उज्यालो मुहार हामीलाई बिर्सन गाह्रो भयो।
 २० दिन पहिले त भनेका थियौ, दाई हजुर कहिले घर आउनुहुन्छ? मैले यो वर्ष यस्तै भयो अर्को वर्ष तिहारमा आउछु अनि मज्जाले देउसी भैलोमा रमाउला नि…. भाई भन्दा.. हुन्छ दादा यसपाली नआएपनि अर्को वर्ष आउनु दादा भन्दै थियौ तर…त्यो सपनामा मात्र सिमित् रहयो। अब तिम्रो ठाऊँमा कस्ले गाऊँछ त्यो “नरामाइलो दाजै नरामाइलो” भन्ने सोरठी, तिमी त स्वर्गमा बास् गर्न गयौ तर तिम्रो त्यो उज्यालो मुहार अनि मिठो हासो कहिल्यै बिर्सन सक्दैन, त्यसैले त होला मेरो आँखा वरिपरी घुमिरहन्छौ….
       त्यो तिमीले लगाऊने मगर ड्रेस् कति धेरै सुहाउथ्यो, तीज भनौ या दशै, तिहार जस्तो चाडपर्व आउँदा पनि साह्रै रमाऊने र सधै हासेर हिंड्ने तिमी….त्यो मुस्कान कस्ले पो बिर्सेलार कठै बरै…
             भाई तिम्रो fb मा प्राय असल साथीहरु रहेछन, साथिहरुले मलाई फोन गरेर सम्झी सम्झी रुदै भन्दै थिए, कतै यो सपना त होइन? तर बिपनामै घट्यो यस्तो नसोचेको घटना। तिम्रो एउटा असल मनको साथीले मलाई फोन् गरेर धेरै रुनुभयो। त्यसैले त लाग्छ तिमी हाम्रो मात्र नभै सबैको दिलको प्यारो बनेर बसेका रहेछौ। 
      मलाई भन्दै थियौ दाई, राजनीति बुझेपछि त हल्का अर्कै फिलिङ हुदो रहेछ। समय अनुसार समाजलाई बिकास गर्नुपर्दछ, भ्रस्टचारिलाई र अपराधीलाई फाँसिको कानुन बनाउनु पर्छ भन्थ्यौ, तिमी त यो संसार छाडेर कहिल्लै नफर्कनेगरी गयौ। सम्भब भय तिम्रा ति  विचार अनि सिद्धान्तहरुलाई तिम्रो पार्टीले पुरा गर्नेछ।
        र अनत्यमा ….  आजसम्मा यो  यात्रामा मबाट कोही कतै भुल भएको भय छेमा चाहान्छु  भाई सधै सधै  यो  धर्तिमा जस्तै  स्वोर्गमा पनि त्यो मिठो बिर्सनै नसकीने मुस्कान छरी राख्नु स्वोर्गमै भएपनी तिमीले चालेका हरेक पाहिलाले सफलताको सिखर चुमोस्  यहिछ तिमीलाई मेरो कामना संसार छोडेर गएको मान्छे फर्केर आउदो रहेनछ यस्तै रहेछ सबैको जीन्दगी बास….!!
                     के सोचेथे जिन्दगीमा, के के भयो आज।
                     एका एकै आँधि चल्यो दिऊँसै पर्‍यो रात।।
 चन्द्र जस्तो तिम्रो मुहार आँखावरिपरी।
 जति बिर्सु भनेपनि आँसु धरधरी।।…….
                   माटोमा मिल्नुनहो मानिसको सारा।
                   जे जे भयो जिन्दगीमा माँया नमार माँया नमार……
भरै आए सपनिमा पर्खि राख्छु है।
परेलीको ढोका खोली कुरी राख्छु है …..
                 विपनिका रहरहरु सपनिमा भन्नु……..!! भन्दै  बिदा  चाहान्छु। 
         तिमी यो संसारबाट टाढा भएपनि तिम्रो त्यो हसिलो मुस्कान कहिल्यै बिर्सने छैन….।।  ऊहि तिमिलाई अब कहिल्यै चाहेर पनि पाउन नसक्ने दाई  टोप……. हाल टोकियो,जापान।।

अन्य समाचारहरु