प्रधानमंत्री ”प्रचण्ड” दिल्ली स्थित नेपाली राजदुतावासमा

अर्घाखाँची डटकम संवादाता 
नयाँ दिल्ली। प्रधानमन्त्री पुष्पकमल दाहाल ”प्रचण्ड” यतीबेला छिमेकी राष्ट्र भारतको ४ दिने औपचारीक भ्रमणमा छन् । भारत आएको पहिलो दिन नेपाली राजदुतावासमा भारतीय समाजवादी नेताहरु शरद यादव, सीताराम यचुरी र डिपि त्रीपाठी लगायतका नेताहरुसँग भेट भएको छ ।भेटपछी दूतावासमै प्रवासी नेपाली जनतालाइ सम्बोधन गर्दै सम्माननीय प्रमले राष्ट्रिय स्वाधिनताको कुरा राष्ट्रिय एकतासँग जोडिएको प्रसंगमा बोलेका थिए । उनले भने मैले बुझेका ज्ञापनपत्र र यहाँ प्रवासी समस्याका बारे उठेका कुराहरुलाइ हेर्ने हाम्रो प्रयास रहनेछ ।
 
आन्दोलन सम्बन्धका कुराहरु पटक पटक सुनेको छु र आज पनी सुने, आन्दोलन गर्दा भरोसा गर्ने राजनैतिक परिवर्तनपछी विर्सने । खोलो तर्यो लौरो विर्स्यो जस्तै गरीएको छ भन्दै थप बोल्दै भने,नेपालको गणतन्त्र प्राप्तिमा प्रवासी जनताको निकै ठुलो योगदान छ ।यो भ्रमणमा नेपाली राजदूतावास का. बा. राजदूत कृष्ण प्रसाद ढकाल सहितको टोली सक्रिय रुपमा अग्रसर भएको देखियो । 
प्रवासमा विभिन्न तह र तप्काका सँस्थाका प्रतिनिधिहरुले प्रधानमन्त्रीलाइ सम्मान गरेका थिए ।विभिन्न जनवर्गिय संघ सँस्थाहरुले बोलेका थिए र सबैले आ-आफ्नो सँस्थागत ज्ञापन पत्र प्रमलाइ बुझाएका थिए ।
०६२-०६३ ले समाधान होला भन्यौ, तर त्यस्तो भएन । सत्ता परिवर्तन वाहेक नेपालका नेताहरुले केही गरेनन् । ओलीले केही गर्ने वेला आउदा सत्ता ने परिवर्तन भयो । चुनावमा भाग लिने अधिकार हरेक नेपाली जनताको हो । विदेशको हकमा पनी यसको ब्यवस्था हुन जरुरी भनेका थिए ।
बैंक खाताको समेत प्रसंग उठाएका उनले भारतीय पक्षलाइ समेत औला ठड्याउदै भने, छिमेकी मुलुकका नेताले सहयोगको कुरा गर्छन । तर पछाडीबाट घाँटी निमोठ्छन । यो सरासर गलत हो, भनेका थिए ।
प्रवासी नेपालीको कुरा सुनेपछी मात्र औपचारिक कार्यक्रम थाल्ने अठोट लिएका प्रधानमन्त्री दाहालको सम्बोधन पछि संघ-सँस्थाका प्रतिनिधि – भारतीय भाइचाराहरु होटल ताजमान सिंहमा राखेको रात्रिभोजमा सरिक भएका थिए । 
दाहाल पत्नी सिता दाहाल, परराष्ट्र मन्त्री प्रकाश शरण महत लगायत सभासदहरुको पनी बाक्लो उपस्थिती रहेको थियो ।प्रवासी नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको सो सभा दूतावासको आयोजनामा राजदूत निवासमा सम्पन्न भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ”प्रचण्ड” यतीबेला छिमेकी राष्ट्र भारतको ४ दिने औपचारीक भ्रमणमा छन् । भारत आएको पहिलो दिन नेपाली राजदुतावासमा भारतीय समाजवादी नेताहरु शरद यादव, सीताराम यचुरी र डिपि त्रीपाठी लगायतका नेताहरुसँग भेट भएको छ ।भेटपछी दूतावासमै प्रवासी नेपाली जनतालाइ सम्बोधन गर्दै सम्माननीय प्रमले राष्ट्रिय स्वाधिनताको कुरा राष्ट्रिय एकतासँग जोडिएको प्रसंगमा बोलेका थिए । उनले भने मैले बुझेका ज्ञापनपत्र र यहाँ प्रवासी समस्याका बारे उठेका कुराहरुलाइ हेर्ने हाम्रो प्रयास रहनेछ ।
 
आन्दोलन सम्बन्धका कुराहरु पटक पटक सुनेको छु र आज पनी सुने, आन्दोलन गर्दा भरोसा गर्ने राजनैतिक परिवर्तनपछी विर्सने । खोलो तर्यो लौरो विर्स्यो जस्तै गरीएको छ भन्दै थप बोल्दै भने,नेपालको गणतन्त्र प्राप्तिमा प्रवासी जनताको निकै ठुलो योगदान छ ।यो भ्रमणमा नेपाली राजदूतावास का. बा. राजदूत कृष्ण प्रसाद ढकाल सहितको टोली सक्रिय रुपमा अग्रसर भएको देखियो । 
प्रवासमा विभिन्न तह र तप्काका सँस्थाका प्रतिनिधिहरुले प्रधानमन्त्रीलाइ सम्मान गरेका थिए ।विभिन्न जनवर्गिय संघ सँस्थाहरुले बोलेका थिए र सबैले आ-आफ्नो सँस्थागत ज्ञापन पत्र प्रमलाइ बुझाएका थिए ।
०६२-०६३ ले समाधान होला भन्यौ, तर त्यस्तो भएन । सत्ता परिवर्तन वाहेक नेपालका नेताहरुले केही गरेनन् । ओलीले केही गर्ने वेला आउदा सत्ता ने परिवर्तन भयो । चुनावमा भाग लिने अधिकार हरेक नेपाली जनताको हो । विदेशको हकमा पनी यसको ब्यवस्था हुन जरुरी भनेका थिए ।
 बैंक खाताको समेत प्रसंग उठाएका उनले भारतीय पक्षलाइ समेत औला ठड्याउदै भने, छिमेकी मुलुकका नेताले सहयोगको कुरा गर्छन । तर पछाडीबाट घाँटी निमोठ्छन । यो सरासर गलत हो, भनेका थिए ।
प्रवासी नेपालीको कुरा सुनेपछी मात्र औपचारिक कार्यक्रम थाल्ने अठोट लिएका प्रधानमन्त्री दाहालको सम्बोधन पछि संघ-सँस्थाका प्रतिनिधि – भारतीय भाइचाराहरु होटल ताजमान सिंहमा राखेको रात्रिभोजमा सरिक भएका थिए । 
दाहाल पत्नी सिता दाहाल, परराष्ट्र मन्त्री प्रकाश शरण महत लगायत सभासदहरुको पनी बाक्लो उपस्थिती रहेको थियो ।प्रवासी नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको सो सभा दूतावासको आयोजनामा राजदूत निवासमा सम्पन्न भएको थियो ।