जिफन्ट सहयोग समूह साउदी अरबको प्रथम अधिबेशन साउदी अरबको दमाममा सम्पन्न

राजु खनाल
साउदी अरब (अर्घाखाँचीडट्कम) नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सहयोग समूह साउदी अरबको प्रथम राष्ट्रिय अधिबेशन साउदी अरबको दमाममा सम्पन्न भएको छ ।
नेपाली राजदुतावास साउदीका श्रम सहचारी अम्बिका प्रसाद अधिकारीले उद्घाटन गरेको उक्त अधिबेशनमा बोल्ने सबै बक्ताहरुले जिफन्ट साउदीको खुलेर प्रसंसा गरेक थिए ।
कार्यक्रमको बिचमा दुख पाएका मजदुरहरुले आफ्नो पीडा सुनाएका थिए भने प्रमुख बक्ता श्रम सहचारीले पिडितहरुको गुनासोको जबाफ दिदै दुताबासले नेपाली मजदुरहरुको पक्षमा काम गरिरहेको चुपलागेर नबसेको दुताबासका एक जना कर्मचारीले झण्डै चालीस हजार मजदुर हेर्नू परेको बाध्यता समेत बताएका थिए । श्रम सहचारी अधिकारीले साउदीमा काम गर्न आउने मजदुरहरुले यहाँको कानुनलाई मानेर काम गर्नु पर्ने र यहाँ कम्पनीमा दुख पाउँदा कसरी कानुनको सहायता लिन सकिन्छ र के गर्नु पर्छ भनी प्रशिक्षणमुलक तरिकाले अबगत गराएका थिए । 
बिदेशमा दुख पाउनु मजदुरहरुको पहिलो कारण मेनपावर ब्यबसायी भएको र मेनपावर व्यावसायी इमान्दार हुने हो भने ९० प्रतिशत समस्या आफै हटेर जाने र यसमा मजदुर समेत चनाखो हुनु पर्ने बताए ।
उक्त अधिबेशनलाई प्रबासी नेपाली मंच का काबा अध्यक्ष राजेन्द्र खत्री महासचिव राजु खनाल दुताबास कर्मचारी हरि घिमिरे पत्रकार कृष्ण श्रेष्ठ  बिमल गौतम छोटु थापा ऋषि भट्टराई लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले अधिबेशन सफलताको शुभकामना दिएका थिए ।
राजनैतिक र आर्थिक प्रतिबेदन समेत पारित गर्दै सम्पन्न भएको अधिबेशनले शम्सेर तामाङ्गको अध्यक्षतामा २१ सदस्यीय नेपाल ट्रेड युनियन महासंघ ,सहयोग समूह साउदी अरब गठन गरेको छ ।
निर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई जिफन्ट प्रतिनिधि राज तामाङ्ग ले पद तथा गोपनियताको सपथ गराएका थिए ।