चन्द्रौटामा तेस्रो कृषि, पर्यटन तथा औद्योगिक मेला मंसिरमा

सुर्य भसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । चन्द्रौटामा तेस्रो कृषि, पर्यटन तथा औद्योगिक मेला मंसिरमा हुने भएको छ । 
ब्यापार संघ कपिलवस्तुले कृर्षि पर्यटन उद्योग ब्यापार, आर्थिक समृद्धिका लागी मुल आधार भन्ने नारा सहित मंसिर २ देखि १२ गते सम्म चन्द्रौटा तेस्रो कृर्षि, पर्यटन तथा औद्योगिक ब्यापार मेला २०७३ आयोजना गरिने जनाएको  छ । 
स्थानिय राजनितिक दल सरकारी तथा गैर सरकारी निकाय समाजसेवी भद्र भलादमी अधिकारकर्मी, संचारकर्मी  लगायत सम्सतमा मेलालाई सभ्य र भब्य रुपले सफल पार्न सहयोगको लागि  अनुरोध समेत गरेको छ । साथै मेलाबाट हुने आर्थिक आम्दानीलाई ब्यापार संघले पर्यटन विकास अन्तर्गत  शिवगढी र सोनवागढ विकासका लागी रु ३ लाख र कालीजंग गणद्धारा नवनिर्मित सर्प दंश केन्द्र बहादुरगंजका लागी प्रति टिकट रु १ रुपैयाका दरले हुन आउने रकम सहयोग गर्ने जानकारी गराएको छ । आयोजकले मेलाको लोगो समेत सार्बजनिक गरेको पत्रकार कमल बस्टले जानकारी गराएका छन ।