बाबु रोका मगर
दिल्ली | नेपालीहरुको महान चाड दशैं सबैको घर घरमा भित्रिसकेको छ कसैको घरमा हाँसो खुशी होला त कसैको घरमा दुख पिडा होला तर पनि मन भित्र जे जस्तो पिडा भएता पनि दसैलाई सबैले प्राथमिकता दिएकै हुन्छन | यस्तै प्रवासमा बसेर नोकरी गर्दै आफ्नो संस्कृति परमपरा को जगेर्ना गर्नु पर्छ भन्दै दिल्ली राज्य समिती अन्तरगत आयोजित २०७३ साल को दशैं मिलन कार्यक्रम २ अक्टुवर २०१६ को दिन भारतको राजधानी दिल्ली स्थित नेहरु पार्कमा भव्यताका साथ सम्पन्न भएको थियो |
सो कार्यक्रममा मुख्य अतिथि लोकनाथ भण्डारी रहेका थिए भने अन्य उपस्थितिमा एन बि थापा, गोपाल थापा, सिता अधिकारि, मिना बुढामगर लगायत सदस्यहरु तथा अतिथिजनहरुको उपस्थिति रहेको थीयो |
सोही समिती अन्तरगत पर्ने सम्पुर्ण नगर समितीका जिम्मेवार प्रतिनिधि पदाधिकारीहरु तथा समस्त सदस्यहरु को उपस्थितको साथै कलाप्रेमी कलाकार भाई-बहिनी र कलाकार साथीहरु को सहभागीतामा उनिहरुलाई सम्मान स्वरुप सम्मानित प्रमाण पत्रहरु हस्तान्तरण गरिनु का साथै बडा दशै २०७३ को उपलक्ष्यमा एक आपसमा शुभ-कामना आदान प्रदान समेत गरिएको थियो ।
यस कार्यक्रममा नेपाली पन झल्काउने खानपिनको ब्यवस्था गरिनु का साथै मनोरंजनका लागी नाचगाना प्रोग्राम र खेल कुद कार्यक्रममा चम्मच दौड़ र घैंटो फोड़ खेल कुद प्रतियोगिता कार्यक्रम राखिएको थियो जसमा प्रथम, द्वितिय, र तिर्तिय लाई पुरुस्कार बितरण को ब्यवस्था पनी गरियको थियो ।
कार्यक्रममा सबैले आ-आफ्नो तर्फबाट दशैँ विशेष शुभकामना मन्तब्य राखेका थिए सांस्कृतिक बिभागका इन्चार्ज राजु न्युपानेले कार्यक्रमको मोर्चा सम्हालेका थिए भने कार्यक्रम संचालन बिमलराज पौडेलले गरेका थिए |